विद्यालयनै बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमशस् गैरनाफामूलक र पूर्ण […]
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्रीबीच चीनसँगका नाका पुनर्निर्माणबारे छलफल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनसँग काठमाडौंमा शिष्टाचार भेटवार्ता गरेका छन्। यस भेटमा नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लगायत विषयहरूमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ। भेटवार्तामा दुई देशबीचका भन्सार नाकाहरूको व्यवस्थापनलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विशेष जोड दिइएको उल्लेख छ। दुवै पक्षले व्यापारिक गतिविधिहरूलाई सहज […]
रूसले युक्रेनमा हान्यो ६३१ वटा ड्रोन र मिसाइल, राजधानीका सय घरमा क्षति

युक्रेनको राजधानीमा किभसहित विभिन्न जिल्लामा रूसले भीषण हमला गरेको छ। गए रातिदेखि बिहान किभका २० भन्दा बढी ठाउँमा रूसले मिसाइल र ड्रोन हमला गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। आक्रमणमा परी चार जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। दिउँसोसम्म १२ जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनको समाचारमा उल्लेख छ। तीमध्ये २ […]
आज भाद्र शुक्ल पक्षको ऋषि पञ्चमी : सप्त ऋषिको पूजाआराधना गरिँदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने भलन छ । कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको […]
आज यी क्षेत्रहरुमा भारी वर्षातको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि […]
हाजिरी जमानीमा छुटे: एमाले केन्द्रिय सदस्य ऐन महर

नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिर जमानीमा छुटेका छन्।विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को कसूर गरेको आरोप लागेका महर बुधबार अपराह्न हाजिर जमानीमा छुटेका हुन्। सरकारी वकिलको कार्यालय काठमाडौंका प्रवक्ता तथा जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बयान लिने काम सकेपछि उनलाई हाजिर जमानीमा राखिएको जानकारी दिए। २९ वर्षीया युवतीले आफ्नो चरित्र हत्या […]
आज विश्व ताल दिवस

पारिस्थितिक प्रणालीको संरक्षण, पुन:स्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसंघीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तर्राष्ट्रिय […]
दुइटा मोटरसाइकल ठोक्किँदा स्ववियु अध्यक्षसहित दुई जनाको मृत्यु

दोलखामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति ९ बजे दोलाखाको भिमेश्वर नगरपालिका-६ रमितेडाँडास्थित लामोसाँघु-जिरी सडक खण्डमा बा.प्र ०२-०३४ प ३२४२ र बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई च्छो-रोल्पा अस्पताल चरिकोट पठाइएको थियो। अस्पताल पुर्याउँदै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]
आज गणेश चौथी, भगवान गणेशको विशेष पूजा आराधना गरिँदै

अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा बुधबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको […]
आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बुधबार बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको […]