भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च

गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको छ । जीएसी आयोन ईभी आगलागी  भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा भएको थियो । उक्त आगलागीबाट भरतपुर–१२ का ५६ वर्षीय अमर पराजुलीको ज्यान […]

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या ९ पुग्यो, थप चार पालिकालाई मन्त्रालयले दियो स्वीकृति

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो।यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको […]

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने […]

जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार सकिएको छ। असोज २० गते धादिङबेंसीबाट सुरु भई २७ गते सम्पन्न भएको अभियानमा रास्वपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा […]

फर्सेका बाढी पीडितलाई दसैँको रौनकले छोएन

नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ। कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ। चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका-८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन। यही असोज ८ देखि ११ गतेसम्मको अविरल […]

भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीबाट प्रभावितलाई ६ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए। बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा […]

चुनाव हार्न तयार छौं, तर कसैसँग गठबन्धन गर्दैनाैं: महामन्त्री संग्रौला

नेपाली कांग्रेसले विगतका निर्वाचनहरूमा गर्दै आएको सत्ताकेन्द्रित चुनावी गठबन्धनको नीति पूर्ण रूपमा त्याग्ने घोषणा गरेको छ। अब हुने सबै तहका निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने र त्यसका लागि चुनावी परिणाम प्रतिकूल आए पनि सामना गर्न तयार रहेको पार्टीले जनाएको छ। नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै […]

पोखरा एमालेद्वारा आश्विन ३१ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिँदै

पोखरा। नेकपा (एमाले) पोखरा महानगर कमिटीको आयोजनामा विजयादशमी, शुभदीपावली तथा नेपाल संवत् लगायतका चाडपर्वहरूको पावन अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरिने भएको छ।   कमिटीका अध्यक्ष जीवन आचार्यका अनुसार पार्टी कार्यालय प्राङ्गण, शान्तिबनमा आउँदो २०८३ आश्विन ३१ गते बिहान ७:३० बजे कार्यक्रम सञ्चालन हुनेछ। महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले बडादसैँ, तिहार तथा नेपाल […]

शंकास्पद आचरण गर्ने २४ दक्षिण कोरियाली नागरिक निष्कासित

नेपालमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा २४ दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले निष्कासित गरेको छ। भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो। अध्यागमन विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो। विभागले २४ जनाकै भिसा रद्द […]

गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट चाडपर्व सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ विजयचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २६ वर्षीय सबिन मिजार […]