इरानी ऊर्जा साइटमा सम्भावित आक्रमण १० दिनका लागि बन्द गरिएको राष्ट्रपति ट्रम्पको घोषणा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा साइटहरूमा सम्भावित आक्रमण थप १० दिनको लागि बन्द गरिको घोषणा गर्नुभएको छ । तेहरानसँग भएकाे जारी वार्ता निकै सकारात्मक ढंगले अगाडि बढिरहेको भन्दै उहाँले पावर प्लान्टहरुमा तत्काल कारबाही नगर्ने बताउनुभएको हो । गत सोमबार प्रारम्भिक पाँच दिनको विराम घोषणा गर्नुभएका राष्ट्रपति ट्रम्पले बिहीबार ट्रुथ सोशलमार्फत इरान सरकारको अनुरोध […]
बालेन्द्र शाहकाे मेयरदेखि प्रधानमन्त्रीसम्मकाे यात्रा
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण गरे लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे हाे ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबार बिहान प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियाे । गत फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी हुनुभएकाे […]
अति तथा मध्यम गरिब परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन […]
प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूलाई पोखराका मेयर आचार्यले दिए बधाई

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई दिनुभएको छ। मेयर आचार्यले देशले दिगो, स्थायी र आशामुखी सरकार पाएको उल्लेख गर्दै नयाँ नेतृत्वले सुशासन, विकास र समृद्धिको दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। आफ्नो फेसवुकवालमा लेख्नुभएको छ, “म सम्पूर्ण पोखरेली नागरिकहरूको तर्फबाट सम्माननीय […]
प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी मोदीको बधाईसँगै सन्देश
काठमाडौं– आजदेखि पदभार ग्रहण गरेका प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्। ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्। बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको बताएका मोदीले भनेका […]
प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोह (फोटोफिचर)
काठमाडौँ- राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज शंखनाद, वैदिक मन्त्र र बौद्ध पाठको संगमबीच नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिए। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार आजै बिहान नियुक्त गरेका शाहलाई औपचारिक समारोहबीच शपथ गराए। समारोहको वातावरण धार्मिक सांस्कृतिक समिश्रणले भरिएको थियो। सात वटा शंखबाट शंखनाद, १०८ वटुकद्वारा स्वस्तिशान्ति वाचन र १०८ […]
बालेनले लिए प्रधानमन्त्री पदको शपथ
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाहले नेपालको ४०औं प्रधानमन्त्री पदको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेनलाई शपथ गराएका हुन्। शपथअघि एक सय १ हिन्दू बटुक र बौद्ध भिक्षुलगायतले शंखनादसहित स्वस्ती शान्ति गरेका थिए। प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२
प्रधानमन्त्री बालेनको उपस्थितिमा राष्ट्रपति पौडेलले १४ मन्त्रीलाई गराए शपथ
काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफ्नो क्याबिनेटका १४ मन्त्रीलाई शितल निवासमा शपथ गराएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि बालेनले अन्य मन्त्रीलाई शपथ गराएका हुन्। अर्थमन्त्री स्वर्णिम वाग्ले, गृह मन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल, उर्जा, जलस्रोत तथा सिँचाई विराजभक्त श्रेष्ठले शपथ लिएका […]
नवनियुक्त प्रधानमन्त्री शाहको पुर्ख्यौली गाउँमा उत्सव
महोत्तरी – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए । “एकडारा–१ मात्र होइन जिल्लावासीले नै खुसीयाली साटासाट गर्दै उत्सव मनाइरहेका […]
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ हुने (विज्ञप्तिसहित)
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे । राष्ट्रपति पौडेलले शुक्रबारै नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनुहुने भएकाे छ। गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन २१ […]