डुम्रे-बेंसीसहर सडक भाेलिदेखि दैनिक ८ घण्टा बन्द हुने

काठमाडाैं । डुम्रे–बेँसीसहर सडक अन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी–तुरतुरे खण्ड शनिबारदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति शनिबार चैत २१ देखि ३० गतेसम्म दैनिक ८ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म र साँझ ५ […]

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यालयमा भर्ना लिन सर्वाेच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यालयमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र शुरू नभएको तथा शिक्षा नियमावली २०५९ को नियम ७८ (१० (ग) बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयले भर्नाको सूचना प्रकाशन नगर्न सर्वाेच्चले आदेश दिएको हो । […]

इटाली फुटबल संघका अध्यक्ष ग्राभिनाले दिए पदबाट राजीनामा

काठमाडाैं । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका अध्यक्ष गेब्रिएल ग्राभिनाले पदबाट राजीनामा दिएका छन् । रोममा रहेको संघको मुख्यालयमा भएको बैठकपछि ग्राभिनाले देशको शीर्ष फुटबल अधिकारीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । खेलकुदमन्त्री एन्ड्रिया अबोदीले पनि ७२ वर्षीय ग्राभिनलाई राजीनामा दिन आह्वान गर्नुभएको थियो । ग्राभिना सन् २०१८ को अक्टोबरमा […]

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण सम्बन्धी नयाँ व्यवस्था सेवाग्राहीकै हितमा

गुल्मीको सदरमुकाम तम्घास गुल्मीको रेसुङ्गा नगरपालिका-८ स्थित खानीगाउॅको टुनीखोला क्षेत्रबाट शुक्रबार बिहान देखिएको सदरमुकाम तम्घास। तस्बिरः जनार्दन घिमिरे/राससउक्त निर्णय स्वास्थ्य परीक्षण गर्ने संस्थाको सिन्डिकेटेड प्रणालीलाई खारेजभन्दा पनि सरकारी र निजी दुवैले गर्न मिल्ने गरी निर्णय भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खुला, प्रतिस्पर्धी र विश्वसनीय प्रणाली लागु गर्न पुरानो व्यवस्थालाई परिमार्जन गरिएको […]

राष्ट्रपति बन्ने तयारीमा छन् म्यानमारका ‘कू’ गर्ने नेता

 म्यानमारमा सन् २०२१ फेब्रुअरी १ मा सैन्य कु गरेर सत्ताको बागडोर आफ्नो हातमा लिएका सेनाका नेता औपचारिक रूपमा राष्ट्रपति बन्ने तयारीमा छन् । सैन्य कू गरेपछि मिन आङ ह्लाइङले एक वर्षभित्र चुनाव गराएर नागरिक शासन फर्काउने वाचा गरेका थिए । तर त्यो प्रक्रिया पूरा हुन पाँच वर्ष लाग्यो । नवनिर्वाचित सांसदले आज उनलाई राष्ट्रपतिको रूपमा […]

खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

 पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्छन् । उनी विद्यालयमा पढ्दा […]

भारतमा रक्षा निर्यात ४ अर्ब बढी डलरको नयाँ उचाइमा पुग्यो

एजेन्सी । भारतको रक्षा निर्यात गग आर्थिक वर्षमा ४ अर्ब भन्दा बढी डलरको नयाँ उचाइमा पुगेको छ । रक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशत भन्दा बढी वृद्धि भएको हो । जसले भारतलाई दक्षिण एशियामा प्रमुख हतियार उत्पादक र निर्यातकका रूपमा स्थापित गर्ने दिशामा अघि बढाएको देखाउने अन्तर्राष्ट्रिय समाचार संस्था […]

संस्कृति र सम्पदा जोगाउन पत्रकारले निगरानीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड

काठमाडाैं । संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरुले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासंग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत विहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरुले सो कुरामा जोड दिएका हुन्।उनीहरुले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा […]

सरकारी विज्ञापन सरकारी मिडियामै मात्र दिने निर्णय, पत्रकार महासंघको कडा आपत्ति

काठमाडौँ । सरकारले सरकारी खर्चमा मितव्ययिता र सूचना प्रवाहलाई एकरूप बनाउन अबदेखि सरकारी विज्ञापन र सूचना सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रकाशन–प्रसारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी मिडियामै विज्ञापन दिनुपर्नेछ । यस निर्णयप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको […]

आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ- प्रतिनिधि सभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । आजबाट प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए । प्रतिनिधि सभामा नेपाली काँग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, […]