लुसिफरहरूबाट विचलित छैनौँ, बहुमत ल्याउन सक्ने एमाले मात्रै हो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले विदेशी शक्तिहरू निर्वाचन सार्न लागिपरेकाे दाबी गरेका छन्। लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आएका जिकिर गर्दै बस्नेतले सम्भावित पराजयका कारण चुनाव सार्न खोजिएको बताए। मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आए भने आफ्नो सम्भावित पराजयलाई ध्यान दिएर अझै केही समय […]

विशेष महाधिवेशन पक्षधरले गरे काँग्रेस केन्द्रीय कार्यालय घेराउ

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको […]

वीरगन्जको कर्फ्यु साँझ ६ बजेसम्म लम्बियो

जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिको दोश्रो पटक समय थपेर मङ्गलबार साँझ ६ सम्म पुर्‍याएको छ। दुई समूहबिच धार्मिक तथा सामाजिक तनाव बढेपछि सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले पहिलो पटक वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म त्यसपछि दिउँसो १ बजेसम्म र पछिल्लोपटक मङ्गलबार साँझ ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको […]

प्रतिनिधिसभा निर्वाचनमा होमियो एमाले, ओलीको नेतृत्वमा घोषणापत्र र बादलको नेतृत्वमा परिचालन समिति गठन

नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरेको छ। निर्वाचनमा पार्टीले अघि सार्ने एजेन्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरूलाई […]

एमालेकी एकल उम्मेदवार सिफारिस हुने एक मात्र महिला नेतृ मञ्जु चालिसे

देशैभरी नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भइरहँदा एकल नाम सिफारिसमा पर्नेमा मन्जु शर्मा चालिसे एक मात्र महिला बन्नुभएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ निर्वाचन क्षेत्रमा एकमात्र उम्मेदवार सिफारिसमा पर्दा मञ्जु बाहेक अरु सबै पुरुष नेता छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी मञ्जु शर्मा बागलुङ क्षेत्र नम्बर २ बाट एकल सिफारिसमा […]

सुनचाँदीको मूल्यमा आज पनि उकालाे यात्रा कायमै

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले उकालाे यात्रा तय गरेकाे छ। सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी २ दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे […]

एमाले सचिवालय बैठक सुरु, के छन् एजेण्डा?

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। बैठकले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन्। आजको बैठकमा नेताहरूको कार्य विभाजन पनि प्रमुख एजेण्डाको रूपमा रहेको छ। एक पदाधिकारीले देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्य विभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ। […]

वीरगञ्जमा कर्फ्यु, धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ । धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि मङ्गलबार बिहान एक सूचना जारी गर्दै दिउँसो १ बजेसम्मका लागि कर्फ्यु लम्बिाइएको जिप्रकाले जनाएको हो । प्रजिअ भोला दाहालले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी […]

राम्रो काम गरेकाले हाम्रो सरकार ढालियो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको सहन नसकेर कांग्रेस र एमालेले सत्तागठबन्धन बनाएको आरोप लगाएका छन् । सोमबार नेपाली समाज भारतद्वारा नयाँदिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कारमा उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण आफ्नो सरकार ढलेको जिकिर गरे । दिल्ली बसाइमा भारतीयहरूसँग अनौपचारिक कुराकानी भएको पनि उनले बताए । प्रचण्डले वर्तमान […]

सबै अमेरिकी आरोपमा आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति मादुरोकाे जिकिर

एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कको एक अदालतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताउनुभएको छ । अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई आफू निर्दोष रहेकाे र कुनै अपराध नगरेको दावी गरेका हुन्। मादुरोले आफूलाई काराकासस्थित आफ्नै घरबाट अप-हरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताएका छन्। राष्ट्रपति मादुराेविरुद्धको […]