प्रतिनिधिसभा निर्वाचनमा होमियो एमाले, ओलीको नेतृत्वमा घोषणापत्र र बादलको नेतृत्वमा परिचालन समिति गठन

नेकपा (एमाले) प्रतिनिधिसभा निर्वाचनको तयारीमा होमिएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको हो । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ‘घोषणापत्र मस्यौदा समिति’ गठन गरेको छ। निर्वाचनमा पार्टीले अघि सार्ने एजेन्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरूलाई […]
एमालेकी एकल उम्मेदवार सिफारिस हुने एक मात्र महिला नेतृ मञ्जु चालिसे

देशैभरी नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भइरहँदा एकल नाम सिफारिसमा पर्नेमा मन्जु शर्मा चालिसे एक मात्र महिला बन्नुभएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ निर्वाचन क्षेत्रमा एकमात्र उम्मेदवार सिफारिसमा पर्दा मञ्जु बाहेक अरु सबै पुरुष नेता छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी मञ्जु शर्मा बागलुङ क्षेत्र नम्बर २ बाट एकल सिफारिसमा […]
सुनचाँदीको मूल्यमा आज पनि उकालाे यात्रा कायमै

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले उकालाे यात्रा तय गरेकाे छ। सोमबार प्रतितोला ४ हजार ६ सय रूपैयाँ र मंगलबार ३ हजार १ सय रूपैयाँ गरी २ दिनमा सुनको मूल्य प्रतितोला ७ हजार ७ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे […]
एमाले सचिवालय बैठक सुरु, के छन् एजेण्डा?

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। बैठकले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोली हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्ने सचिव पद्मा अर्यालले जानकारी दिइन्। आजको बैठकमा नेताहरूको कार्य विभाजन पनि प्रमुख एजेण्डाको रूपमा रहेको छ। एक पदाधिकारीले देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्य विभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ। […]
वीरगञ्जमा कर्फ्यु, धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ । धार्मिक एवम् सामाजिक विषयलाई लिएर दुई समुदायबिच तनाव बढेपछि मङ्गलबार बिहान एक सूचना जारी गर्दै दिउँसो १ बजेसम्मका लागि कर्फ्यु लम्बिाइएको जिप्रकाले जनाएको हो । प्रजिअ भोला दाहालले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी […]
राम्रो काम गरेकाले हाम्रो सरकार ढालियो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको सहन नसकेर कांग्रेस र एमालेले सत्तागठबन्धन बनाएको आरोप लगाएका छन् । सोमबार नेपाली समाज भारतद्वारा नयाँदिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कारमा उनले भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण आफ्नो सरकार ढलेको जिकिर गरे । दिल्ली बसाइमा भारतीयहरूसँग अनौपचारिक कुराकानी भएको पनि उनले बताए । प्रचण्डले वर्तमान […]
सबै अमेरिकी आरोपमा आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति मादुरोकाे जिकिर

एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कको एक अदालतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताउनुभएको छ । अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई आफू निर्दोष रहेकाे र कुनै अपराध नगरेको दावी गरेका हुन्। मादुरोले आफूलाई काराकासस्थित आफ्नै घरबाट अप-हरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताएका छन्। राष्ट्रपति मादुराेविरुद्धको […]
ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति विश्व समुदायको आक्रोश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ। भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्याण्डकाे बारेमा चिन्ता उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायको भनाइ आएका हुन्। एयर फोर्स वानमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको बताउनुभयाे। ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू भएकाे र ध्रुवीय हिउँ […]
वीरगञ्जको अवस्था सामान्य बन्दै

लगातार दुई दिनसम्म तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। धनुषामा मस्जिदमा तोड्फोड गरिएको घटनालाई लिएर दुई समुदायले प्रदर्शन गरेपछि पर्साको वीरगञ्ज आइतबारदेखि नै अशान्त बनेको थियो। सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लगाइए पनि अवस्था पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको भन्दै मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको थियो। अहिले सबैतिरको अवस्था शान्त रहेको पर्साका […]
गण्डकीसहित ४ प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा वर्षा-हिमपातको हुने

हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएकाे हाे। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे […]