इतिहासमै मनोबल धेरै गिरेको अवस्थामा छौं : अध्यक्ष सापकोटा

नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ‘हामी आर्थिक किसिमले दबाबमा छौं, सामाजिक किसिमले फ्रस्ट्रेसनमा छौं, व्यावसायिक किसिमले अस्थिर र मनोबल गिरेको अवस्थामा छौं,’ उनले भने । सापकोटाले […]
ऐतिहासिक सिन्धुलीगढीले पर्यटक तान्दै

ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २०० भन्दा बढी पर्यटक अवलोकनका लागि […]
आगामी माघमा निर्वाचन गर्ने एन्फाकाे निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन) मा जाने निर्णय भएको छ । आगामी माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिएका हुन् । २०७९ साल असारमा निर्वाचित भएको एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गतेसम्म रहेकाे छ । एन्फा विधानअनुसार प्रतिकूल अवस्थामा बढीमा ६ […]
आज तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबिच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का […]
कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा को-को छन् ?

नेपाली कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बुझाईएको बन्दसूचीमा कांग्रेसले सबै ११० सिटमा आफ्नो नाम बुझाएको हो । यद्यपि उसले यो सूचीलाई प्रारम्भिक भनेको छ । आयोगले तोकेको समयसीमाभित्र यसलाई सच्याउने तयारी कांग्रेसको छ । कांग्रेसले चुनाव नै नलड्ने बताउँदै आएका अर्जुननसिंह केसीलाई ५३ नम्बरमा […]
‘लाभांश फिर्ता लैजान सहजीकरण गर्ने केन्द्रीय बैंकको कदम स्वागतयोग्य’

नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । १५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीको तलब तथा लाभांश फिर्ता, सीमापार सेवा भुक्तानीमा देखिएको झन्झट र एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वय विषयमा ध्यानाकर्षण […]
राप्रपा नेपालले अनुमोदन गर्यो राप्रपासँगकाे पार्टी एकता, अन्तिम बैठकमा के भने कमल थापाले ?

राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ । भोलि राप्रपासँग पार्टी एकता गर्न लागेको राप्रपा नेपालको आजको बैठक अन्तिम बैठकको रूपमा रहेको थियो । आज बसेको केन्द्रीय कार्य समितिको बैठकले राप्रपा र राप्रपा नेपाल बिच एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ । भोलि पुस १६ गते दिउँसो १ः०० बजे राष्ट्रियसभा गृहमा […]
कीर्तिपुरको डाँडामा बसेर मासिक ३ लाख रूपैयाँ कमाउन सकिन्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने […]
दलीय राजनीतिमा खुल्न थालेपछि अन्तरिम सरकारका मन्त्रीहरूमाथि उठ्यो प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बिच सातबुँदे एकता सहमति भएपछि अन्तरिम सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सोमबार राति सरकारका ऊर्जामन्त्री समेत रहेका रहेका उनेपाका संरक्षक कुलमान घिसिङले हस्ताक्षर गरेपछि सरकारले निष्पक्ष निर्वाचन गर्नेमा प्रश्न उठेको हो । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अन्तरिम सरकारलाई निर्वाचन गराउने मात्र म्यान्डेट रहेकाले कुनै […]
ओखलढुंगामा दम्पतीको शव भेटियो

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगर मृत अवस्थामा फेला परेका छन्। वडा अध्यक्ष बलराम कटवालका अनुसार, दुवैजनाको हत्या गरिएको हुनसक्ने आशंका छ। स्थानीयका अनुसार, घर बाहिर रगत लागेको थियो र बिहानसम्म पसल नखोलिएपछि शंकास्पद परिस्थितिमा शव फेला परेको हो। श्रीमान्–श्रीमतीको शव घर नजिकैको मतानको घाँस थुपारेको स्थानमा लुकाइएको […]