अन्तरिम सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

सरकारको प्रवक्तामा सञ्चार तथा सूचनामन्त्री जगदीश खरेललाई तोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको हो । त्यस्तै, बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई तोकेको छ । यसअघि सरकारले ऐन ल्याएर जिल्ला प्रशासनमार्फत दर्ता र नवीकरण गर्ने निर्णय गरेपछि विवाद भएको थियो ।

कावासोतीमा श्रीमतीको हत्या गरे भन्दै श्रीमानले गरे प्रहरीमा आत्मसमर्पण

नवलपुरको कावासोतीमा श्रीमतीकाे हत्या गरे भन्दै श्रीमानले आत्मसमर्पण गरेका छन् । कावासोती–८ ज्ञानोदय चोक नजिकै बुधबार राति ४५ वर्षीय सूर्यप्रसाद पाण्डेले ४० वर्षीया श्रीमती संगीता पाण्डेको हत्या गरेकाे भन्दै प्रहरीमा आत्मसमर्पण गरेकाे नवलपुर जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । श्रीमतीलाई चक्कु प्रहार गरी उनले प्रहरीकोमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक […]

भारतको कोलकातामा अविरल वर्षाका कारण १० जनाको मृत्यु

मंगलवार राति आएको अविरल वर्षाले पश्चिम बंगालको राजधानी कोलकातामा अत्याधिक वर्षा हुँदा पानी जम्दा करेन्ट लागेर कम्तीमा १० जनाको मृत्यु भएकाे छ । साेबार रातिदेखि मंगलवार बिहानसम्म जारी अविरल वर्षाले शहरको ठूलो भाग डुबानमा पारेको थियो । यसले गर्दा जीवन लगभग ठप्प भएको थियो । जसले गर्दा सवारी साधनको आवागमन र दैनिक गतिविधिहरू प्रभावित भएका […]

लद्दाखमा पनि युवा आन्दोलित चारको मृत्यु, भाजपा मुख्यालय तोडफोडपछि कर्फ्यु

लद्दाखलाई पूर्ण राज्यको दर्जा प्रदान गर्दै संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने, भूमि र रोजगारीको ग्यारेन्टीलगायत माग राखेर १५ दिनदेखि अभियन्ता सोनाम वाङचुक अनशनमा बसेका थिए बुधबार लद्दाखको राजधानी लेहमा आफ्नो क्षेत्रलाई विशेष संवैधानिक सुरक्षा दिनुपर्ने माग राखेर उठेको प्रदर्शन हिंसात्मक बन्यो । प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तीमा चारजना प्रदर्शनकारीको मृत्यु भएको छ । आक्रोशित प्रदर्शनकारीले लद्दाखको […]

बाराही टोल विकास संस्थाको पहलमा जीर्ण VNY पार्कको बृहत् सरसफाइ

पर्यटन राजधानी पोखराको सबैभन्दा व्यस्त र महत्त्वपूर्ण गन्तव्य लेकसाइडस्थित बाराही चोक मा रहेको भि.एन.वाई. पार्क को दयनीय अवस्थालाई लिएर लामो समयदेखि उठेका गुनासोहरूलाई सम्बोधन गर्दै बाराही टोल विकास संस्थाले सराहनीय पहल गरेको छ। संस्थाको सक्रियतामा आज पार्कमा बृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ। लेकसाइडको मुख्य भागमा अवस्थित यो पार्क विदेशी तथा स्वदेशी पर्यटकका लागि विश्रामस्थल […]

कांग्रेस सभापति देउवा डिस्चार्जपछि ललितपुर सर्ने

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवा डिस्चार्जपछि ललितपुर सर्ने भएका छन् । जेन–जी आन्दोलनमा आक्रमणकारीबाट सख्त घाइते भएका देउवादम्पतीको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । पूर्ण स्वास्थ्य लाभपछि उनीहरू ललितपुर सर्ने योजनामा छन् । तर, ललितपुरमा सानेपा या जावलाखेलमध्ये कहाँ सर्ने अन्तिम टुंगो लागिनसकेको प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । ‘उहाँहरू ललितपुरमा […]

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए । उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका […]

प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । ‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो राष्ट्रिय सम्बोधन हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्की गत […]

आज बडा दशैको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा […]

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज (बुधबार) दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्। चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी […]