प्रतिनिधिसभा सदस्य निर्वाचनमा गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्। उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर बिहान मतदान गरेका हुन्।
निर्वाचनको सुरक्षा कमान्ड सम्हालिरहेका गृहमन्त्री अर्याल मतदान केन्द्रमा पुग्दा स्थानीय मतदाताहरूमा उत्साह देखिएको थियो।
मतदानपछि गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको जानकारी दिए । सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन देशभर कडा सुरक्षा व्यवस्था मिलाएको दाबी गर्दै गृहमन्त्री अर्यालले सुरक्षा निकायहरूले उच्च सतर्कताका साथ काम गरिरहेको बताए।