विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा गैरकानुनी रूपमा सम्पत्ति […]

रास्वपा–बालेन शाहबीचको वृहत् एकता सहमति केन्द्रीय समितिबाट अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको वृहत् एकता सहमति रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ। रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार राति बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिको अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने सहमतिको कार्यान्वयनबाट […]

सम्मानजनक र स्वाभिमान सहितको एकता गर्न तयार छौँ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशको अवस्था परिवर्तनका लागि वैकल्पिक शक्तिहरूबिच एकता हुनुपर्नेमा जोड दिएका छन् । आइतबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै घिसिङले पुराना दल र पुरानै प्रवृत्ति सत्तामा दोहोरिए देशमा भएको बलिदान र आन्दोलनको कुनै अर्थ नरहने बताए । जेनजी आन्दोलन पछिको परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावमार्फत सही […]

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश (आदेश पत्रसहित)

सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार यस्ताे आदेश दिएको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछाने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा हुने […]

कमल थापा झोकमै जानुभाथ्यो, अहिले घर फर्कायौं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पूर्वअध्यक्ष कमल थापा पुन: पार्टीमा फर्कने निश्चित भएको बताउँदै उनले  पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् । राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले झोकाझोकमै पार्टी छाडेका थापालाई फकाएर घर फर्काएको बताए । ‘कमल दाई (थापा) झोकाझोकमै पार्टी छाडेर […]

राष्ट्रिय सभा अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो । रोकायका अनुसार १० पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन भएको अवस्थामा जनताका आवाजहरू […]

जेनजी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला प्रदर्शनी

गत भदौ २३ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ । काठमाडौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ । प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) अगाडिको सडक पेटीमा आइतबार ‘नदबिने आवाज’ आयोजना […]

रवि र बालेनबीचको सहमतिलाई अनौठो मान्नु पर्दैनः उपसभापति गुरूङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनुभयो । […]

रास्वपा सभापति रवि र बालेनबीचको एकताले खासै अर्थ राख्दैन: नेकपा एमाले

नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् । एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो असर नदेखिने दावी गरेका हुन् । एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको राजनीतिक मिलन वा विमिलनको कुनै […]

दलहरूबिच निर्वाचनमा जाने उच्चस्तरीय सहमति भैसकेको छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गरेका हुन् । ‘हामी सबै दलका निवासमा पुग्यौं । हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्य दलका शीर्ष नेताहरूबिच भएको सघन वार्ताले […]