अर्घाखाँचीको बोक्सेमा हात हतियार तथा विष्फोटक पदार्थ फेला

अर्घाखाँचीको शितगंगा नगरपालिकामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विष्फोटक पदार्थहरू फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीको कमान्डमा खटिएको गस्ती टोलीले विहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा विष्फोटक पदार्थहरू फेला पारेको हो । ग्रामिण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने […]
कानुनी शासन स्थापित नगरी जेनजी का माग पूरा गर्न सकिँदैन : अर्थमन्त्री खनाल

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने समेत बताए । प्रणालीमा वाक इन द टकको ठूलो समस्या रहेको उनकाे भनाइ छ । कुनैपनि दायित्व […]
ज्वागलमा बालेन र कुलमान पुनः निर्णायक वार्तामा ईमेजखबर 12:21 pm, Sat, 27 December 25

ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ । ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा जारी बालेन र कुलमानबीचको वार्ताले उनीहरू एउटै राजनीतिक मञ्चमा उभिने सम्भावनालाई बलियो बनाएको हो । स्रोतका अनुसार, देश विकासको एजेन्डामा बालेन र कुलमान एकै ठाउँमा उभिने विषयमा लगभग अन्तिम सहमति जुइसकेको छ । उनीहरूले नयाँ […]
१६ औँ राष्ट्रपति रनिङ तथा पाँचौ मेयर कप शिल्ड १७ पदक सहित कालिका माविले जित्यो

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद […]
नवीन समझदारीको लागि दबाब दिन राप्रपाले भोलि प्रदर्शन गर्ने

राप्रपाले शनिबार पुस १२ गते बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ। राजा, राजनीतिक दल र जेनजीकाबिच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । देशमा अहिले ध्रुवीकरण तीव्र रूपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरुका बिचमा छिट्टै हुने […]
नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना

नेपालमा पहिलो पटक शौन्दर्य सम्बन्धी प्रदर्शनी आयोजना गरिएको छ । कस्मेटिक, सौन्दर्य र वेलनेससम्बन्धी एक्स्पो ’कस्मेटिका एक्स्पो’ राजधानीको नक्सालमा शुरु भएको हो । हाउस अफ राजकर्णिकारको आयोजनामा नेपालमा पहिलो तथा एक मात्र बृहत ट्रेड शो, कस्मेटिका- २०२५ काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेटमा शुक्रबारदेखि शुरु भएको हो । ३ दिनसम्म संचालन हुने भएकाे छ। कस्मेटिका २०२५ ले […]
रघुगङ्गाको दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । दुवारी भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० […]
अपांगता भएका व्यक्तिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सर्वोच्चमा रिट दायर

अपांगता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्वलाई कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ। राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाई, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थसहित अपांगता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सिताराम केसीको कानूनी सहायतामा शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय, […]
मागकर्ताले भने– पुस २८ भित्रै विशेष महाधिवेशन हुनपर्छ

नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले २८ पुसभित्र विशेष महाधिवेशन हुनैपर्ने मागसहित केन्द्रीय कार्यालयमा स्मरणपत्र बुझाएका छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ गरिएको स्मरणपत्रमा माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन हुनैपर्ने उल्लेख गरिएको छ । स्मरणपत्रमा भनिएको छ, ‘हामी पुन: स्पष्ट पार्न चाहान्छौं, विशेष महाधिवेशन, महाधिवेशन […]
घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका छैन: निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको र घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ। आयोगको कार्यालयमा शुक्रबार मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न भन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ। उहाँले निर्वाचनको विकल्प नभएको […]