ग्रिनल्याण्डले अस्वीकार गर्‍यो ट्रम्पको अस्पताल जहाज प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अस्पताल जहाज पठाउने प्रस्तावलाई ग्रिनल्याण्डले अस्वीकार गरेको छ । ‘धन्यवाद, तर आवश्यक छैन’ भन्दै ग्रिनल्याण्ड ट्रम्पको उक्त प्रस्ताव अस्वीकार गरेको हो । ट्रम्पले यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै डेनमार्कको स्वायत्त भूभाग ग्रिनल्याण्डलाई नियन्त्रणमा लिन चाहेको बारम्बार बताएका थिए । प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले फेसबुकमार्फत प्रतिक्रिया दिँदै अमेरिकी प्रस्ताव नोट गरिएको बताएका छन् […]

बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार

दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो । भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको र उपचारका […]

एमाले निवर्तमान सांसद रास्वपा प्रवेश

नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन् । सिरहाको गोलबजारमा सोमबार आयोजित एक कार्यक्रममा उनी रास्वपा प्रवेश गरेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए । उनीसहित अन्य एमाले नेता, कार्यकर्ता पनि प्रवशे गरेको रास्वपाको दाबी छ । रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने

नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ लाई संशोधन गर्ने तयारी गरेको हो । उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा मन्त्रालयले तयार गरेको छ । ऐनको दफा ६ लाई संशोधन गरेर बोर्डको काम कर्तव्य र अधिकार विस्तार गर्न खोजिएको छ । […]

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन कर्मचारीलाई तालिम दिन थालिएको छ । जिल्लामा रहेका ८२ मतदानस्थलमा १२० स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले […]

मिथिला मध्यमा परिक्रमा कञ्चनवनमा, खेलियो होली

मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चनवनमा पुगेर होली खेलेका छन् । मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरूले एक अर्कालाई रङ अबिर दलेर होली पर्व मनाएका हुन् । परिक्रमामा सहभागीहरूले रङ अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ। परिक्रमा डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद डाक्टर राजेन्द्र विमलले बताए । त्यहाँको होलीमा […]

यी हुन् उदयपुर बस दुर्घटनाका १५ घाइते (नामावली)

उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगीटोलस्थित मदन भण्डारी लोकमार्गमा आज भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ३०–४० फिट तल खसेर दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि […]

स्याङ्जामा ९ जना उम्मेदवारले खोले बैंक खाता

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका ९ जना उम्मेदवारले मात्रै हालसम्म बैंक खाता खोलेका छन् । स्याङ्जाको दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राजनीतिक दल तथा स्वतन्त्र २४ उम्मेदवारमध्ये हालसम्म ९ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका हुन् । जिल्ला निर्वाचन कार्यालयबाट २४ जनामध्ये १७ जनाले बैंक खाता खोल्ने सिफारिस लगेको […]

अमेरिका इरानमा सैन्य आक्रमणको तयारीमा : पूर्व सिआइए अधिकारीको दाबी

अमेरिकाका पूर्व सिआइए अधिकारी जोन किरियाकोउले आगामी हप्ताको सुरुमा इरानविरुद्ध सैन्य आक्रमण गर्ने अन्तिम निर्णय भइसकेको दाबी गरेका छन् । जुलियन डोरे पोडकास्टमा उनले ह्वाइट हाउसका एकजना पूर्व गुप्तचर अधिकारीको हवाला दिँदै प्रशासनले दिएको सार्वजनिक समयसीमा हुँदाहुँदै पनि आक्रमण सन्निकट हुन सक्ने बताए । किरियाकोउले भने, “मेरो एक साथी, पूर्व सिआइए अधिकारी हुन्, जो आज […]

श्रममन्त्रीको ‘टास्क फोर्स’ले मेडिकल व्यवसायी सशङ्कित

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अनुसन्धान प्रहरीसहितको ‘स्पेसल टास्क फोर्स’ गठन गरेका छन्। एक साताअघि गठन भएको उक्त फोर्सले अहिले म्यानपावर कम्पनी र तिनका सञ्चालकका साथै स्वास्थ्य परीक्षण गर्ने मेडिकलहरूमाथि अनुगमन गरिरहेको छ। टास्क फोर्सले कामदार ठगिएको उजुरीभन्दा पनि रोजगारदाता देशबाट आएको डिमान्डका आधारमा स्वास्थ्य मेडिकलमा दैनिक […]