तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस ( पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो । उपचारमा डा. […]
हामी छिट्टै आन्दोलन गर्छौँ, तयारी अवस्थामा बस्नुहोस् : संयोजक दाहाल
नेकपाका संयोजक पुष्पकमल दाहालले राज्यले जनतामाथि हमला गरिरहेको आरोप लगाएका छन्। मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले उक्त हमलाको सामना गर्ने मुख्य जिम्मेवारी पार्टीकै रहेको बताए। पहिचान र अधिकार माथि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइराखेको बताउँदै उनले भने,‘हाम्रा मजदुर किसान र श्रमजीवी जनता माथि राज्यकै तर्फबाट हमला भइराखेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी […]
चिटिक्क पारियो कोशी प्रदेशसभा परिसर (तस्बिरहरु)
साबिक तरकारी बजार हालको प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको छ। कोशी प्रदेश सभाको भदौ ३ गतेको बैठक नयाँ हलमा राख्न लागिएपछि प्रदेशसभा सचिवालय परिसरलाई चिटिक्क पारिएको हो। गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा सचिवालय र प्रदेशसभा बैठक हल जलेर काम नलाग्ने भएपछि कोशी प्रदेश सभाको सचिवालय मोरङको […]
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

प्रतिनिधि सभाको बैठक बुधबार(भदाै ३) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस र विधेयकमाथिको छलफलपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्। बैठकको कार्यसूचीअनुसार विभिन्न चार मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिए। परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन […]
आयोगले गर्यो निर्वाचन व्यवस्थापनबारे पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल

निर्वाचन आयोगले चुनावी व्यवस्थापनका विभिन्न विषयमा पूर्वनिर्वाचन प्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ। नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूले पद बहाली गरे पश्चात् आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनाहरूका सन्दर्भमा उक्त छलफल गरेको हो। जसमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत, व्यवस्थापकीय सुधार लगायतका विविध विषयमा छलफल गरी सुधारका लागि सुझाव प्राप्त भएको आयोगले जनाएको […]
रास्वपाभित्र गुटको दाबी ‘मनोरञ्जन’ मात्रै हो, पार्टी एकल नेतृत्वमा चल्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट-उपगुट नरहेको दाबी गर्दै कसैले गुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गरेका छन्। महाधिवेशनसँगै पार्टी समायोजनको सम्पूर्ण काम सम्पन्न भइसकेकाले रास्वपा एकल नेतृत्व र ‘एक घण्टी’ को अवधारणामा अघि बढेको उनले बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन […]
कर्णालीका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने
सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (भदाै ३) विश्वासको मत लिने भएका छन्। त्यसका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
चीनको आर्थिक सुधार फेरि सुस्त, उपभोग र औद्योगिक उत्पादन दुवै भए कमजोर
यस वर्षको दोस्रो अर्धवार्षिक अवधिमा चीनको अर्थतन्त्रले लय गुमाएको छ । औद्योगिक उत्पादन र खुद्रा बिक्रीको वृद्धि अपेक्षाभन्दा कमजोर भएपछि अर्थतन्त्र कमजोर बनेको हो । यस्तोमा आन्तरिक माग बलियो बनाउन सरकारमाथि थप प्रोत्साहन प्याकेज ल्याउनुपर्ने दबाब बढेको छ । दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर साढे ३ वर्षयताकै न्यून स्तरमा झरेको थियो । यस्तोमा पछिल्लो तथ्यांकले घरेलु […]
विगतमा गल्ती भयो, अब खल्तीबाट उम्मेदवार ल्याइँदैन: रवि लामिछाने रविले भने- कोठा–चोटामा बाँडिएका सबै उम्मेदवारी खारेज हुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठा/चोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्। पार्टीले सुरु गरेको ‘क्यान्डिडेट क्लब’ को वैधानिक प्रक्रियामा सामेल नभई कसैले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने उनले प्रस्ट पारेका हुन्। सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित ‘क्यान्डिडेट क्लब’ घोषणा […]
भारतीय सेनाप्रमुख सेठ र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता : विपद् राहत सामग्री हस्तान्तरण
चार दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख जनरल धिरज सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्। सैनिक मुख्यालयमा भएको भेटका क्रममा उनीहरूबिच द्विपक्षीय रक्षा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको छ। सो अवसरमा जनरल सेठले नेपाली सेनालाई विपद् राहतका लागि विद्युतीय बस र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। त्यसअघि, सेनाप्रमुख उनले सैनिक मञ्च टुँडिखेलमा सहिदहरूप्रति […]