विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा जारी विशेष महाधिवेशनका समयमा डाकिएको […]

समानुपातिक बन्दसूचीबाट नाम फिर्ताले दलहरूमा हलचल

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४ जनाले नाम फिर्ताका लागि निवेदन दिएपछि हलचल पैदा भएको छ। सबैभन्दा बढी हलचल नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको हो। रास्वपाबाट डा. महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आसिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता […]

काठमाडौँको तापक्रम ३ डिग्री सेल्सियस

 आज तराईका केही ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले […]

एमालेलाई माधवको व्यङ्ग्य: तारा चम्किन्छ, सूर्य अस्ताउँछ

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले एमालेको भविष्य सङ्कटमा परेको भन्दै व्यङ्ग्य गरेका छन्। सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमाले (सूर्य चिन्ह) को शक्ति क्षीण हुँदै गएको र आफ्नो पार्टी (तारा) उदाउँदै गरेको दाबी गरेका हुन्। ‘एकातिर सूर्य अस्त हुन्छ, अर्को तर्फ तारा चम्किरहेको हुन्छ,’ […]

विवाद उत्कर्षमा पुग्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको समयमा संस्थापन पक्षले भोलि (मंगलबार) का लागि आकस्मिक रूपमा बैठक बोलाएको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। पार्टीको इतर समूहले एकतर्फी रूपमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको विवाद गहिरिँदै गएको छ। […]

जसपा नेपालका उपाध्यक्षसहितका नेताहरु नेकपामा

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएका छन्। सोमबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबिच पाँचबुँदे सहमति गर्दै मगर नेतृत्वमा उक्त समूह नेकपामा समाहित भएको हो। सहमतिपत्रमा नेकपामा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र जसपा नेपालका उपाध्यक्ष मगरले हस्ताक्षर गरेका छन्। ‘जसपा नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा उक्त […]

केराउ, सुपारी र मरिच आयात खुला, औद्योगिक कच्चा पदार्थका रूपमा ल्याउन पाइने

सरकारले केराउ, सुपारी र मरिचको आयात खुला गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगहरूका लागि आवश्यक पर्ने कच्चा पदार्थको रुपमा प्रयोग गर्न आर्थिक वर्ष २०८२/०८३ का लागि केराउ, सुपारी र मरिचको पैठारी (आयात) खुला गर्ने निर्णय गरेको हो । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार […]

माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक आह्वान गरेको छ । सोमवार बसको मन्त्रीपरिषदको बैठकले अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभाको वैठक संघीय संसद सचिवालय सिंहदरबारमा माघ ४ गते आईतवार बिहान ११ बजे बस्नेगरी आह्वान गर्न सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो […]

अमेरिकासँग वार्ताका लागि इरान तयार

इरानका विदेशमन्त्री अब्बास अराघचीले आपसी सम्मान र हितका आधारमा अमेरिकासँग वार्ता गर्न इरान तयार रहेको बताएका छन् । इरानमा तीन सातादेखि जारी हिंसात्मक प्रदर्शनकै बिच तेहरानमा सोमबार आयोजित विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा विदेशमन्त्री अराघचीले वार्ताका लागि आफूहरू तयार रहेको बताएका हुन् । ‘मैले बारम्बार भनेझैँ हामी वार्ताका लागि तयार छौँ, तर समान हैसियतबाट, आपसी सम्मानसहित र आपसी […]

हरेक आन्दोलनको मारमा निजी क्षेत्र: पूर्वअध्यक्ष श्रेष्ठ

  नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा आइपर्ने विपत्तिहरुदेखि आन्दोलनहरुबाट व्यापारीहरु ठूलो मारमा परेको बताउनुभएको छ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) को १२ औं वार्षिक साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ठूलो मारमा परेका व्यवसायीहरुलाई बैंकले समान तवरले नहेरेको बताउनु भयो । ठूलो बिजनेस गरेकाहरुलाई मात्रै पुनःतालिकीकरण, […]