बालेन शाह चरिकोटमा
चरिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोलखा पुगेका छन् । देश दौडाहामा रहेका शाह शुक्रबार ओखलढुंगाबाट फर्किएर सिन्धुलीको मुलकोट, रामेछापको मन्थली हुँदै दोलखा पुगेका हुन् । बालेनलाई रास्वपाका कार्यकर्ताहरूले सदरमुकाम चरिकोटमा स्वागत गरेका थिए । साह चरिकोटमा रास्वपाको कार्यक्रममा सहभागी भएर आजै सिन्धुपाल्चोक पुग्ने कार्यक्रम रहेको बताइएको छ […]
विधेयकको मस्यौदा तयारीको अवस्था सार्वजनिक गर्न सरकारसँग माग
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्वास्थ्य बीमा, विधायन प्रक्रिया, संसद् भवनको पुनर्निर्माण तथा निर्वाचनसम्बन्धी विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्बासेले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले कार्यक्रम कार्यान्वयनमा देखिएका कमजोरी सच्याउँदै प्रभावकारी बनाइनुपर्ने धारणा राखिन्न । सांसद तुलसाकुमारी दाहालले […]
सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे ललितपुर महानगर आफैंले रकम तिर्ने प्रमुख महर्जनको प्रतिवद्धता
काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैंले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ललितपुरमा शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या […]
सरकारले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन आवश्यक तयारी गर्नुपर्नेमा सांसद शर्माकाे जाेड
काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद मायाप्रसाद शर्माले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय सभा बैठकमा शुक्रबार बोल्दै उहाँले यस्ताे ध्यानाकर्षण गराउनुभएको हाे । उहाँले निर्वाचन प्रचारको क्रममा सामाजिक सञ्जालमार्फत लागीगलौजका आपत्तिजनक भाषाहरु प्रयोग गरिएकोमा आपत्ति प्रकट गर्नुभएकाे छ । सम्बन्धित निकायले त्यसमा […]
बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार : मन्त्री गाैतम
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ । ललितपुरमा शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्ताे बताउनुभएकाे हाे । स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब […]
‘अरूलाई खराब देखाएर आफू ‘राम्रो’ बन्ने मनोविज्ञान छ’
अहिले हाम्रो समाजमा एउटा गहिरो र डरलाग्दो मनोविज्ञान हाबी भइरहेको छ, जसलाई समाजशास्त्रीय भाषामा ‘अदर्स कल्चर’ भन्न सकिन्छ। यो भनेको आफूलाई राम्रो बनाएर वा राम्रो काम गरेर प्रस्तुत गर्नेभन्दा पनि, अरूलाई खराब देखाएर आफू राम्रो ठहरिन खोज्ने प्रवृत्ति हो। आजभोलि मानिसहरूमा आफ्नो सबल पक्षलाई बलियो बनाउने होइन, बरु अरूको कमजोरीमा औँला ठड्याएर आफूलाई ठिक साबित […]
अमेरिका र इरान वार्ता गर्न सहमत
काठमाडौं काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूले शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । बुधबार दुवै देशले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता ओमानको राजधानी मस्कटमा हुने बताए । वार्तामा सहमति नभएको समाचारहरूबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “म ओमानी दाजुभाइहरूलाई आवश्यक सबै व्यवस्था गरेकोमा कृतज्ञ छु ।” अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले […]
‘माया मात्रै रहेछ देशैभरी, देश बन्छ’- बालेन्द्र शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनले देशैभरी माया मात्रै रहेको बताउनुभएको छ । वरिष्ठ नेता बालेनले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले यसरी नै देशलाई माया गर्न पनि आमजनतालाई आग्रह गर्नुभएको छ । माया गरेपछि देश बन्ने समेत उहाँले बताउनुभएको छ । त्यस्तै, नेता […]
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छिन् । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो […]
चितवन पुगे रास्वपा सभापति रवि लामिछाने
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने उपचारकै चितवन पुगेका छन्। खुट्टामा गम्भीर चोट लागेकाले उनी हाल सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। घटनापछि पहिलोपटक सार्वजनिक भएको तस्बिरमा लामिछानेको बायाँ खुट्टा कुर्कुच्चादेखि घुँडासम्म ब्यान्डेज गरिएको देखिन्छ। खुट्टा मोडेर बस्नसमेत कठिनाइ भइरहेको स्रोतले जनाएको छ। पत्नी निकिता लामिछानेले उनलाई एम्बुलेन्समार्फत विमानस्थलसम्म पुर्याएकी थिइन्। चितवन […]