एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना जारी रहेको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ […]
पोखरा सडक महोत्सव पौष १३ गतेदेखि शुरू हुने

पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवकाे बारेमा जानकारी गराएको हो। महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएकाे छ। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिब साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने भएकाे हाे। सडकमै खाउँ, सडकमै […]
महाधिवेशनपछि एमाले एक ढिक्का भएर अघि बढ्ने नेता पाेखरेलकाे दावी

नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे छ। महाधिवेशनस्थल भृकुटिमण्डपमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे हाे। उहाँले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताउनुभयाे। । […]
एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने

। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ । एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने जनाएको हो। मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा एमाले नेता राजेन्द्र गौतमले मतदान सम्पन्न भएको २ घण्टाभित्र नतिजा सार्वजनिक हुने बताउनुभएको छ। जम्मा मतदाताहरुको संख्या र […]
एसीसी यू-१९ एशिया कपमा आज नेपालले अफगानिस्तानसँग सामना गर्दै

एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत बुधबार नेपालले अफगानिस्तानसँग सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने सोही खेल बुधबार बिहान पौन ११ बजेदेखि शुरु हुने भएको हो। जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्। त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन। नेपाल […]
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको छ। भृकुटीमण्डपमा जारी बन्दसत्रस्थलमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक गरिएको हो। सूची
नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो

पुरातत्व विभागले हालसम्म नेपालबाट चोरिएका १९८ पुरातात्विक वस्तु विदेशबाट फिर्ता ल्याइएको जनाएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । युरोप, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट विभिन्न संस्थाबीचको सहकार्यबाट फिर्ता ल्याइएको पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा […]
एसिसी यू–१९ एसिया कप : लगातार दोस्रो हारपछि बाहिरियो नेपाल

लगातार दोस्रो हारसँगै नेपाल एसिसी यू–१९ एसिया कपबाट बाहिरिएको छ । सोमबार युएईमा भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल अर्काे टेस्ट राष्ट्र बंगलादेशसँग ७ विकेटले पराजित भयो । बंगलादेशविरुद्ध नेपाली खेलाडीले बलिङ, ब्याटिङ र फिल्डिङतर्फ नै कमजोर देखिए । बंगलादेशका खेलाडी नेपालविरुद्ध पूर्ण रूपमा हाबी भए । टस हारेर ब्याटिङ गरेको नेपाल ३१.१ ओभरै अलआउट भयो । नेपालले बंगलादेशलाई १ […]
निर्वाचन ७९ दिन बाँकी : समानुपातिकतर्फ यी १४ दल सहभागी नहुने

नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेको छ। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ। सो निर्वाचनमा पनि मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यता निर्वाचनमा […]
एमाले महाधिवेशन : १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उमेदवारी परेको […]