जनवरीमै भित्रिए ९२ हजार पर्यटक, भारतीयको हिस्सा सबैभन्दा धेरै

सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो। यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको छ। पर्यटक आगमनको तथ्याङ्क हेर्दा […]

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती […]

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्न केन्द्रित गर्दै आइतबार संसदमा आफ्नो वार्षिक बजेट पेस गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बजेट पेस गर्दै वित्तीय विवेकमा अडिग रहँदै पूर्वाधार र घरेलु उत्पादनमा लगानी बढाउने सरकारको योजना रहेको बताइन् । अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष आर्थिक […]

माघ १० देखि १८ गतेसम्म निर्वाचन आयाेगले के–के गर्‍याे काम ?

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारी अन्तर्गत माघ १० देखि १८ गतेसम्म सम्पादित कामकाे विवरण आइतबा। सार्वजनिक गरेकाे छ । गतहप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकारवालाहरूका जिज्ञासा सम्बोधन लगायतका कार्यसम्पादन गरिएकाे आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । माघ १० देखि १८ […]

संविधान पुर्नलेखन र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा माओवादीको प्रतिबद्धता

नेकपा(माओवादी)ले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गदै महासचिव नेत्रविक्रम चन्द विप्लवले शासकीय स्वरूप सहित २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने छ । विज्ञहरू सम्मिलित मन्त्रीपरिषद्को […]

स्लोभाकियामा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले दिए राजीनामा

अमेरिकाको न्याय मन्त्रालयले जारी गरेका यौन दूराचारी जेफ्री एप्स्टिनसम्बन्धी फाइलमा आफू जोडिएको देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । शनिबार भिडियो सन्देशमार्फत फिकोले लाज्चाकको राजीनामा स्वीकार गरेको पुष्टि गर्दै उनलाई कूटनीति र विदेश नीतिमा अपूरणीय अनुभव भएका व्यक्ति भने । राजीनामा एप्स्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी दस्तावेज सार्वजनिक भएको एक दिनपछि आएको हो । ती […]

साइबर ब्यूरोको भवन महानगरलाई दिन गृह मन्त्रालयको सहमति

भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ । आइतबार मन्त्रालयमा भएको छलफलपछि गृहले महानगरको २७ नम्बर वडा कार्यालयलाई सो भवन प्रयोग गर्न सहमति प्रदान गरेको हो । साइबर ब्यूरोको भवन ४ आना २ पैसा १ दाम क्षेत्रफलमा फैलिएको छ । साइबर ब्यूरोको कार्यालय सामाखुसीमा […]

रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् । पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक […]

उदयपुर सिमेन्टमा ‘क्लिङ्कर घोटाला’ प्रकरण : पूर्वमहाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको करिब साढे ४६ करोड रुपैयाँ बराबरको क्लिङ्कर हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई महाप्रबन्धकसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, नायव महाप्रबन्धक महेश प्रसाद काफ्लेलाई १२ कराेड ४७ लाख २२ हजार २ सय ४२ विगाे […]

निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती […]