हेटौँडामा माेटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। ना।४३ प २२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा उपचारकै […]
११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिको […]
नियमित सार्वजनिक सुनुवाइ गर्ने पोखरेलको घोषणा, पाँच वर्षमा ६० कार्यक्रमको योजना

काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सस्मित पोखरेलले आफ्नो सम्भावित पाँच वर्षे कार्यकालमा नियमित तथा संस्थागत सामुदायिक सुनुवाइ सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेका छन्। पोखरेलले प्रत्येक महिना एक वडा केन्द्रित गर्दै सार्वजनिक सुनुवाइ आयोजना गर्ने घोषणा गरेका छन्। यसअनुसार पाँच वर्षमा कुल ६० वटा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। क्षेत्र […]
मानव बेचबिखनविरुद्धको नयाँ नीति कार्यान्वयनमा मन्त्री श्रेष्ठको जोड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूलाई कडा निर्देशन दिएकी छन्। बुधबार मन्त्रालयमा आयोजित प्रबोधीकरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकारले प्राथमिकताका साथ स्वीकृत गरेको यस नीतिले मानव बेचबिखन नियन्त्रणमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी हुन्। उनले नीति निर्माणमा मन्त्रालय […]
यसअघिका चुनावमा ‘सोमालियाको बाघ’ बनिरहेका थिए ओली

सन्निकट छ प्रतिनिधि सभाको निर्वाचन। फागुन २१ का निम्ति अब ८ वटा दिन आउन बाँकी छन्। घन्टा र मिनेटमा पनि कुर्न सक्ने अवस्थामा छ, समय। अनि चर्चामा छ निर्वाचन क्षेत्र झापा–५। वरिपरि, छिमेकी जिल्ला मात्र होइन निर्वाचन क्षेत्रमा पनि गुञ्जिरहेको छ, घन्टी। झापा–५ मा पनि भनिरहेका छन् जनता– घन्टी टिनिनिनि..। यहि क्षेत्रमा जेनजी विद्रोहले अपदस्त […]
७५ जिल्लामा पुर्याइयो निर्वाचन सामग्री र मतपत्र

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा […]
हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको वीरगन्जमा भेटिएको छ । बुधवार बिहान अज्ञात सवारीले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–१ घर भएका २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ छन् । हेटौँडामा मोटरसाइकललाई ठक्कर दिएर […]
चिनियाँ नृत्य समूहको यात्राले अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि आयो बमको धम्की

अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेसेको आधिकारिक निवासमा मंगलबार बम धम्की पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । धम्की चिनियाँ नृत्य र सङ्गीत समूह शेन युनसँग सम्बन्धित थिए । यो समूहलाई चीनले प्रतिबन्ध लगाएको थियो । स्थानीय मिडियामा देखिएका इमेल अनुसार, प्रदर्शनकारीहरूलाई अस्ट्रेलियामा हुने आगामी शो रद्द गर्न अटेर गरे प्रधानमन्त्रीको निवासमा विस्फोटक पदार्थ विस्फोट गराइने चेतावनी […]
रोल्पाको घोराही–होलेरी सडकखण्डमा ओभरलोडले क्षति पुर्याएको भन्दै सवारी साधनको भारवहन नियमन गर्न आग्रह

सडक विभाग अन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको शहिदमार्ग सडक योजना, रोल्पाले घोराही–होलेरी सडकखण्डमा मालवाहक ट्रक तथा टिपरहरुले क्षमताभन्दा बढी भारवहन गर्दा सडक जीर्ण बन्दै गएको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । विशेषगरी चुनढुङ्गा खानीहरूबाट आउने सवारी साधनमा ओभरलोडको समस्या देखिएको सूचनामा उल्लेख छ । सडक विभागले मालवाहक सवारी साधनको भारवहन नियमनका […]
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ८८ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी […]