जितेन्द्रलाई संगठनको साथ, सन्दनलाई पनि आश, तोसिमाले जोगाउलिन् साख ?

ललितपुर क्षेत्र नम्बर ३ मा यसपटक कुनै एक उम्मेदवारको पक्षमा एकपक्षीय लहर देखिँदैन । डा. तोसिमा कार्कीलाई ‘गरेको काम’ देखाउनुपर्ने दबाब छ भने जितेन्द्र श्रेष्ठलाई ‘स्थानीय र सङ्गठित’ मत जोगाउनुपर्ने चुनौती छ । सन्दन थापा र राजकाजी महर्जन जस्ता उम्मेदवारहरू ‘विकल्प’ को रूपमा आफूलाई उभ्याउन संघर्षरत छन् । संघीय राजधानीसँगै जोडिएको र ऐतिहासिक तथा सांस्कृतिक […]
मतदाताहरूमा एउटा छुट्टै किसिमको उत्साह देखेकी छु : तोसिमा कार्की
ललितपुर क्षेत्र नम्बर ३ बाट रास्वपाकी उम्मेदवार तोसिमा कार्कीसँग गरिएको कुराकानी : हाल चुनावको तयारी कस्तो भइरहेको छ ? मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? तयारी निकै उत्साहजनक छ । म अहिले मेरो निर्वाचन क्षेत्रका विभिन्न वडामा पुगिरहेकी छु । मतदाताहरूमा एउटा छुट्टै किसिमको उत्साह देखेकी छु । विशेषगरी युवा पुस्तामा निकै चासो छ । उहाँहरूले […]
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

गृह मन्त्रालयले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ । मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको छ । निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध […]
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी कम्युनिष्ट आन्दोलनको कुरुप चित्र होः विप्लव
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन् । सो पार्टीको केन्द्रिय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि महासचिव विप्लवको जिकिर थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर लैजाने सहमतीबाट […]
आठ पटक म्याद थप्दा पनि सडक अलपत्र
आठौँ पटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन । रु १९ करोड १४ लाखमा ३७ हजार १६७ (भ्याटसहित) लागतमा साढे पाँच किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएका धुकुछु कन्स्ट्रक्सन प्रालि बुद्धनगर काठमाडौँले अहिलेसम्म ८५ प्रतिशत काम मात्रै गरेको छभने वित्तीय प्रगति ६३ […]
युक्रेनको परमाणु सुरक्षाबारे अन्तर्राष्ट्रिय निकायको बैठक
युक्रेनमा देखिएको परमाणु सुरक्षासम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकायको बोर्ड बैठक शुक्रबार बस्ने भएको छ। रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता त्यहाँको ऊर्जा संरचना पटक–पटक क्षतिग्रस्त हुँदै आएको छ। यसले युक्रेनका परमाणु विद्युत् उत्पादन केन्द्रहरूमा आवश्यक विद्युत् आपूर्तिमा समस्या सिर्जना गरेको छ र सम्भावित परमाणु दुर्घटनाको चिन्ता बढाएको छ। यस अवस्थाप्रति […]
म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताए । यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय मान्यता खोज्ने प्रयासमा […]
चिसोका कारण कीएभमा आक्रमण नगर्न पुटिन सहमत भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको राजधानी कीएभसहित अन्य सहरहरूमा एक सातासम्म आक्रमण नगर्न सहमत भएको दाबी गरेका छन्। युक्रेनमा बढ्दो अत्यधिक चिसो र हिमपातलाई मध्यनजर गर्दै आफूले गरेको आग्रहलाई पुटिनले स्वीकार गरेको ट्रम्पले बताएका हुन्। रुसले यसबारे आधिकारिक पुष्टि नगरे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमको स्वागत गर्दै रुसले आफ्नो […]
अब कुनै आमाको काख नरित्तियोस्- प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ, […]
पञ्चकन्या मन्दिर र च्याङ्ग्रे पोखरी पुनर्निर्माणका निम्ति रकम जुट्दै
पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ । पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको सहयोग आह्वानअनुसार ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका संस्थापक राजेश खड्काले मन्दिर निर्माणका लागि रु पाँच लाख नगद सहयोग प्रदान गरेकाे अध्यक्ष किरण राईले […]