एक वर्षमा ३ हजार ५ सय जना फरार प्रतिवादी पक्राउ, १४ करोड राजस्व संकलन

कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न चलाइएको विशेष अभियानमा प्रहरीले यो सफलता हात पारेको हो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार पक्राउ […]
‘तीनकुने घटनामा चारवटा झुटा मुद्दा लगाइयो, संसदीय छानबिन समिति गठन गरौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरूमाथि झुटा मुद्दा लगाएको टिप्पणी गरेका हुन् । उनले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले […]
लेखा समितिका निर्णयमा माओवादी, रास्वपा र स्वतन्त्र सांसदको फरक मत

सार्वजनिक लेखा समितिका निर्णयहरूमा गम्भीर खालका प्रश्न उब्जिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी रास्वपाका सांसदहरू तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले फरक मत राखेका छन्। जगदुल्ला हाइड्रोपावरको निर्माणसम्बन्धी बोलपत्र आह्वान तथा प्रक्रियामा मूल्याङ्कन समितिको निर्णय लगायतमा नक्कली कागजात पेस भएको, गलत मनसायका साथ प्रक्रियामा समेत चलखेल भएको देखिएको उनीहरूको भनाइ छ। लेखा समिति सदस्य माओवादी सांसद […]
काठमाडौँभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने

महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था […]
फेवाताल सरसफाइका लागि नेकपा (एस) पोखराको आह्वान

पोखरा, असार। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले फेवातालको खपौंदी क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार, साउन १० गते बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ। पोखरा महानगर कमिटीले सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ। फेवातालको स्वच्छता कायम राख्ने र वातावरणीय संरक्षणमा जनसहभागिता […]
पोखराको शिद्देश्वर शिवमन्दिरमा श्रावण २३ देखि शिवपुराण महायज्ञ हुने

मदन गिरी /पोखरा, । कास्कीको पोखरा महानगरपालिका वडा नं १५ मा रहेको शिद्देश्वर शिवमन्दिरमा आगामी श्रावण २३ गतेदेखि शिवपुराण महायज्ञ आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार श्रावण ३१ गतेसम्म चल्ने उक्त महायज्ञको तयारी तीव्र पारिएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारीले दिएको जानकारी अनुसार, विगतमा प्रत्येक वर्ष श्रावण महिनामा हुँदै आएको […]
फेवाताल सफाइ अभियान: थप ५ दिनको लागि बजेटसहित कार्यक्रम, मेयर आचार्यद्वारा स्थलगत अवलोकन

पोखराको मुटु फेवातालको सौन्दर्य जोगाउन निरन्तर चलिरहेको जलकुम्भी सफाइ अभियानलाई थप ५ दिनका लागि विस्तार गरिएको छ । पोखरा महानगरपालिकाले सुरुमा २५ जनालाई १० दिनका लागि खटाएकोमा, अभियानको प्रभावकारिता र आवश्यकतालाई मध्यनजर गर्दै यसलाई विस्तार गरी कुल १५ दिन पुर्याएको हो । यसका लागि महानगरपालिकाले २ लाख २६ हजार ५ सय रुपैयाँ ज्याला भुक्तानी गर्ने […]
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा […]
मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत

अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ । यसअघि विपन्न कार्यक्रम मार्फत सरकारले एक लाखको सुविधा दिँदै आएको थियो । कडा रोगका लागेका नागरिकलाई स्वास्थ्य उपचार गर्न आर्थिक सकस परेपछि सरकारले स्वास्थ्य बीमा मार्फत थप एक लाख दिने भएको हो । उक्त एक लाखको सहुलियत क्यान्सर, मुटु, मिर्गौला, […]
‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए । ‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकी भ्रष्टाचार […]