आफूले भाग लिन नपाए देशमा निर्वाचन नै हुन नदिने संरक्षक चौधरीकाे चेतावनी

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो निर्वाचन हुन नदिने चेतावनी दिनुभएको हो । संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले […]

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बाटोमै रोकिए

काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरू फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि बाटोमै रोकिएका छन्। साेही क्षेत्रका स्थानीयवासीसँग वार्ताको प्रयास भए पनि अझै समाधान निस्किएको छैन । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ-आफ्नो घर, पसल तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको […]

कपिलवस्तुको बाणगंगाबाट १७९ बोरा अवैध मल बरामद

कपिलवस्तु प्रहरीले बाणगंगाबाट अवैध रूपमा लुकाइराखिएको अनुदानको १७९ बोरा डिएपी मल बरामद गरेको छ। प्रहरीका अनुसार शुक्रबार बिहान बाणगंगा नगरपालिका–१० मेचखुरीस्थित स्थानीय सुलेमानको गोदाममा छापा मारेर मल बरामद गरिएको हो। सुराकीका आधारमा जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा इलाका प्रहरी कार्यालय पिपराले छापा मारेको हो। एसपी आचार्यका अनुसार बरामद मलका कुनै कागजात फेला नपरेको […]

जेन–जी आन्दोलनमा लुटिएको प्रहरीको पेस्तोल एक लाखमा खरिद–बिक्रि, पाँच जना पक्राउ

जेन–जी आन्दोलनमा प्रहरीको पेस्तोल लुट्ने र खरिदबिक्रि गर्ने पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भुले पेस्तोल लुट्ने दुई जना त्यसको खरिद बिक्रि गर्ने तीन जनालाई पक्राउ गरेको हो । आन्दोलनमा स्वयम्भु वृत्तबाट पेस्तोल लुट्ने धादिङ धुनिबेशी घर भएका २१ वर्षिय कृष्ण गुरुङ र काठमाडौं–१५ का राजन देउला छन्। उनीहरुले  ६०  हजारमा सो पेस्तोल भगवानपाउँ […]

भिजिट भिसासम्बन्धी खुकुलाे कार्यविधि आजैदेखि लागू हुने

सरकारले भिजिट भिसा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो । अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको जनाएको छ ।भिजिट भिसामा हुने विकृती अन्त्य गरी सर्वसाधरणलाई सहज हुने गरी कार्यविधि संशोधन गरी आजैदेखि कार्यान्वायन थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले शुक्रबार […]

निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम समयमा स्थगित भएको छ। आगामी पुस १६ गते नियमित महाधिवेशन (पन्ध्रौँ) गर्ने कार्यतालिकालाई लिएर संस्थापन र इतर पक्षबीच विवाद चर्किएपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको हो । नेता डा. शेखर कोइराला पक्षले उक्त प्रस्ताव बैठकमा लैजानुपर्ने कुरामा जोडबल गरेको थियो। त्यसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले […]

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति विवरण संकलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । […]

बञ्चरेडाँडामा स्थानीयको अवरोध, महानगरले भन्यो-‘फोहर घरमै राख्नुस्’

काठमाडौँ महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको हो । महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न […]

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चार सय बेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । यस्तै, नार्के, पिन्थलीबेसी, […]

भारतमा २८३ मेगावाट विद्युत निर्यात गर्न अनुमति नविकरण

नेपाल विद्युत प्राधिकरणले भारततर्फ २८३ मेगावाट विद्युत निर्यात गर्न अनुमति नविकरण गरेको छ। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजना मार्फत निर्यात हुने विद्युतको स्वीकृति एक वर्षका लागि नवीकरण गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिँदै भारतीय […]