‘मधेसका जनता सचेत छन्, परिवारवाद वा पैसाको हल्लाले चुनाव हार्दिनँ’

हामी धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार जुली कुमारी महतोसँग कुराकानी गर्दैछौँ। प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश : तपाईँ पटक–पटक निर्वाचन लड्नुभयो, विजय पनि प्राप्त गर्नुभयो, मन्त्री पनि बनिसक्नुभयो। यसपटक फेरि किन चुनावी मैदानमा हुनुहुन्छ ? यस्तो हुँदोरहेछ, आफूले प्रतिनिधित्व गरिसकेपछि क्षेत्र र क्षेत्रवासीको असाध्यै माया लाग्दो […]
गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा रहेको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई दिएको छ । गोरखा नगरपालिका-७ नयाँ बजारमा रहेको सिटीहल मतदानस्थलमा रहेका दुईमध्य मतदान केन्द्र ‘क’ लाई ‘मोडलबुथ’ का रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी र सुरक्षाकर्मी, स्वयंसेवक महिला मात्र खटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७०० मतदाता […]
१ लाख ८६ हजार अस्थायी मतदाता कायम

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मतदानस्थलमा मतदान गर्न पाउनेछन् । मतदाता सूचीमा नाम समावेश भएका तर निर्वाचनमा खटिएका वा अन्य कारणले निर्धारित मतदानस्थलमा जान नसक्नेहरुलाई अस्थायी मतदाता सूचीमा समावेश गर्ने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको […]
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न किन भयो ढिलाइ ?
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र आन्दोलनका कारण क्षतिसम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले फागुन २१ को निर्धारित निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ । एक महिनाअघि नै प्रतिवेदन लेखन पूरा भएको भनिएपनि अन्तिम समयमा आयोगको म्याद थप भएपछि आगामी सरकारले उक्त प्रतिवेदनलाई कसरी अगाडि बढाउँछ भन्ने […]
ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गर्दै सामसङ

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्स बुधबार हुन लागेको आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड समारोहमा नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गर्ने तयारीमा छ । कार्यक्रम अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली समयअनुसार राति सुरु हुनेछ । कम्पनीले यसपटक सामसङ ग्यालेक्सी एस२६ अल्ट्रासहित ग्यालेक्सी एस२६ र एस२६ प्लस पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । कार्यक्रम सामसङको आधिकारिक वेबसाइट र […]
हिरासतबाट छुट्नासाथ दुर्गा प्रसाईं भन्छन्- भोट हाल्न नजानुस
सर्वोच्च अदालतको आदेशमा हिरासतबाट मुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आसन्न निर्वाचन बहिष्कार गर्न सर्वसाधारणलाई अपिल गरेका छन्। बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुट्नासाथ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले यो निर्वाचन देशको हितमा नभएको दाबी गर्दै भोट हाल्न नजान आग्रह गरेका हुन्। प्रसाईंले भने, ‘यदि तपाईंहरू साँच्चै भात […]
हेटौँडामा माेटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। ना।४३ प २२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएकोमा उपचारकै […]
११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट रु ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१/८२ को सोही अवधिको […]
नियमित सार्वजनिक सुनुवाइ गर्ने पोखरेलको घोषणा, पाँच वर्षमा ६० कार्यक्रमको योजना

काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सस्मित पोखरेलले आफ्नो सम्भावित पाँच वर्षे कार्यकालमा नियमित तथा संस्थागत सामुदायिक सुनुवाइ सञ्चालन गर्ने कार्ययोजना सार्वजनिक गरेका छन्। पोखरेलले प्रत्येक महिना एक वडा केन्द्रित गर्दै सार्वजनिक सुनुवाइ आयोजना गर्ने घोषणा गरेका छन्। यसअनुसार पाँच वर्षमा कुल ६० वटा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। क्षेत्र […]
मानव बेचबिखनविरुद्धको नयाँ नीति कार्यान्वयनमा मन्त्री श्रेष्ठको जोड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूलाई कडा निर्देशन दिएकी छन्। बुधबार मन्त्रालयमा आयोजित प्रबोधीकरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकारले प्राथमिकताका साथ स्वीकृत गरेको यस नीतिले मानव बेचबिखन नियन्त्रणमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी हुन्। उनले नीति निर्माणमा मन्त्रालय […]