सद्भाव र्याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भएलगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो। नगरमा आयोजित सद्भाव र्याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन सुरु गरेका थिए। उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति […]
नेपाली समाजमा ‘भेडोपन’ हाबी भएको छ : खगेन्द्र सङ्ग्रौला
राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली समाजमा पछिल्लो समय विवेकभन्दा ‘भेडोपन’ हाबी भएको बताएका छन्। उनले गत फागुन २१ गते भएको संसदीय निर्वाचनमा धेरै मतदाताले उम्मेदवारको पहिचान नै नगरी मतदान गरेको भन्दै यस्तो बताएका हुन्। ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै सङ्ग्रौलाले चितवन र नवलपरासीका मतदाताको अनुभव सुनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान […]
राजनीति नागरिक र मानव सेवाको सबैभन्दा ठूलो माध्यम हो : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता र शक्तिको साधन मात्र नभई नागरिक तथा मानवसेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यक्रममा बोल्दै थापाले आफूहरू राजनीति नै नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएपनि पछिल्लो समय राजनीतिलाई केवल सत्ता र […]
कोलकातामा भानुका दुई सालिक र ‘भानुभक्त सडक’ नामकरण
नेपाली जनकल्याण समिति, हावडाले यस वर्षको २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती भारतको कोलकातामा सम्पन्न गरेको छ । पश्चिम बङ्गाल राज्यको हावडा मैदानमा आयोजित समारोहमा कविता वाचन, समितिको वार्षिक साहित्यिक पत्रिका ‘बिहानी’को भानुजयन्ती विशेषाङ्क–२०२६ को विमोचन, प्रतिष्ठित व्यक्तित्वलाई सम्मान र नेपाली–बङ्गाली सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो । सो अवसरमा साहित्यकार/पत्रकार श्याम रिमाल (काठमाडौँ), लीला अनमोल (झापा) […]
तराई–मधेस घटनाको निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तराई–मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा […]
राष्ट्रपति पौडेलले गरे पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जलगायत तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्। राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार […]
दलका नेतासँगको भेटमा प्रधानमन्त्री बालेनले के–के भने ?
सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावका बीच प्रधानमन्त्री बालेन्द्र शाहले सर्वदलीय भेटघाटका क्रममा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सरकार घटनाप्रति गम्भीर रहेको, निष्पक्ष छानबिन गरिने, संघीयता र संविधानप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको तथा हिंसा भड्काउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे। प्रधानमन्त्रीले आफूलाई संघीयता विरोधी भनेर व्याख्या नगर्न आग्रह गर्दै लोकतन्त्र, संविधान, […]
किभमा भीषण रुसी आक्रमण: १८ को मृत्यु, ९० भन्दा बढी घाइते
रुसले युक्रेनको राजधानी किभमा बिहीबार बिहानसम्म करिब ११ घण्टा लगातार मिसाइल र ड्रोन आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । रुसले यो आक्रमण युक्रेनले आफ्ना तेल प्रशोधन केन्द्रहरूमा गरेको लामो दूरीको हमलाको प्रतिशोधस्वरूप गरिएको दाबी गरेको छ । बिहीबार रातभभर राजधानी किभमा शक्तिशाली […]
‘नेपाली ब्रो’का छोराको सनसनीपूर्ण बयान: सुनाए सिलसिलाबद्ध घटना
ईश्वरी भुजेल हत्या प्रकरणमा उनका छोरा जेनिश थापाले अदालतमा दिएको बयानले घटनालाई थप गम्भीर र सनसनीपूर्ण बनाएको छ। उनले आफ्ना बुबा कुमार थापामगर (नेपाली ब्रो) ले आवेगमा नभई पूर्वयोजना बनाएर आमाको हत्या गरेको दाबी गरेका छन्। साथै, बुबाकी प्रेमिका प्रतीक्षा आचार्य, काका विक्रम थापामगर र अन्य केही व्यक्तिले पनि हत्या हुन सक्ने परिस्थिति सिर्जना गर्न […]
बजेट रोक्काले मधेसका पूर्वाधार कार्यालयमा तनाव, भुक्तानी नपाउँदा निर्माण व्यवसायी आक्रोशित
मधेस प्रदेशको अर्थ मन्त्रालयले अन्तिम समयमा आएर गैरआवासीय भवन निर्माणतर्फको बजेट रोक्का गरेपछि प्रदेशभरका पूर्वाधार विकास कार्यालयमा तनाव उत्पन्न भएको छ। आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा भएको बजेट रोक्काले विकास निर्माणका कामसमेत प्रभावित बनेका छन्। सम्झौताअनुसार निर्माण सम्पन्न गरेर भुक्तानी लिन पुगेका उपभोक्ता समिति र निर्माण व्यवसायीले बजेट रोक्का भएको जानकारी पाएपछि […]