आज कुन विदेशी मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ […]
यात्रीको आइफोन चोरी भएपछि ‘फ्लाइट क्रु’का सबै जना निलम्बित

इन्डोनेसियाको गरुड एयरलाइन्सको उडानमा एक जना यात्रुको आईफोन गायब भएपछि हङ्गामा मच्चियो । यात्रु माइकल तजेन्डारा जुन ६ मा जकार्ताबाट मेलबर्न जाँदै थिए । आफूले आफ्नो फोन सिट पछाडिको खल्तीमा राखेको तर सिट परिवर्तन गरेपछि फोन खोज्न जाँदा आफूले राखेको ठाउँमा फोन फेला नपरेको उनको भनाइ छ । फोन नभेटेपछि, तजेन्डाराले एप्पलको ‘फाइन्ड माई आईफोन’ […]
पोखरा–१४ मा नेकपा (एकीकृत समाजवादी) को प्रथम वडा अधिवेशन हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरकमिटी वडा नम्बर १४ को प्रथम वडा अधिवेशन २१ गते हुँदैछ। “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नारासहितको अधिवेशन पोखरा–१४ स्थित शिवमार्ग क,टोलको सामुदायिक भवनमा दिउँसो १२ बजे सुरु हुनेछ। वडा कमिटीका अध्यक्ष बलबहादुर मगरका अनुसार अधिवेशनलाई भव्य र प्रभावकारी बनाउन व्यापक तयारी गरिएको छ। “वडावासी सबैलाई कार्यक्रममा […]
‘अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ विषयमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका छन् । मंगलबार ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रियता विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली स्पेनमा छन् ।
मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चारजना पक्राउ

मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले एक हजार ७४ किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाश– ५, कटहरेका ७३ वर्षीय हरिबहादुर वाइबा, ४८ वर्षीय बद्रीबहादुर भनिने बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन्। उनीहरूलाई कैलाश– ५, कटहरेबाट सोमबार बिहान ८ बजे […]
त्रिभुवन विमानस्थलका ६ पसल कारबाहीमा

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (एयरपोर्ट) का ६ वटा पसललाई कारबाही गरेको छ । मूल्य हेरफेर गरेको पाइएपछि मंगलबार नियमित अनुगमनमा गएको विभागको टोलीले एयरपोर्टका २ वटा पसललाई ४ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ भने अन्य ४ वटालाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । मूल्य हेरफेर गर्ने ईजि […]
मादी गाउँपालिकाले १५ हजार विवाह खर्च दिने, तेस्रो सन्तान जन्माए ५० हजार पुरस्कार

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि रोचक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिका अध्यक्ष देवीजंग गुरुङले मंगलबार गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विवाह खर्चदेखि धेरै सन्तान जन्माउन प्रोत्साहन कार्यक्रम ल्याइएको छ । पालिकाले २० वर्ष उमेर कटेपछि विवाह गर्ने दलित समुदायका महिलाहरूलाई प्रतिव्यक्ति १५ हजार नगद दिने भएको […]
थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित, सरकार संकटमा

थाइल्याण्डको संवैधानिक न्यायलयले प्रधानमन्त्री पाइतोङ्गतार्न सिनावात्रालाई उनको पदबाट निलम्बन गरेको छ । उनीमाथि कम्बोडियाका नेता हुन सेनसँग फोनमा कुराकानी गरेको आरोप छ । उक्त कुराकानीमा उनले थाई सेनाका कमान्डरको आलोचना गरेकी थिइन् । थाइल्याण्डमा यसलाई एक गम्भीर मामिला मानिन्छ, किनभने त्यहाँ सेनाको निकै ठुलो प्रभाव छ । यो कुराकानी बाहिरिएपछि देशभर आक्रोश फैलिएको थियो । […]
वर्षायाममा स्मार्टफोन जोगाउने १० टिप्स

वर्षाको मौसम चलिरहेको छ। त्यसैले यस्तो बेला अफिस वा बाहिर जाँदा अचानक पानी पर्न सक्छ। पानी परेको बेला भिजेको हातले मोबाइल प्रयोग गर्नु केवल कठिन मात्र होइन, खतरनाक पनि हुन सक्छ। त्यसोभए वर्षाको मौसममा आफ्नो स्मार्टफोनलाई कसरी सुरक्षित राख्ने त ? यी हुन् १० टिप्स : १. वाटरप्रुफ कभर वा केस प्रयोग गर्नुहोस् वर्षा याममा […]
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ

नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् । विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ । स्कुटरमा सवार […]