आर्थिक वर्ष २०८२/०८३मा विनियोजन भएको कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँमात्र खर्च भएको छ ।
सरकारले आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड बजेटको रकम विनियोजन गरेको थियो । खर्च भएको उक्त रकम १२.१२ प्रतिशत रहेको छ ।
अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार विनियोजित रकममध्ये ६ महिनामा चालुतर्फ ४१।२५ र पुँजीगततर्फ १२।१२ र वित्तीयतर्फ ४०।९५ प्रतिशत खर्च भएको छ ।
पुँजीगततर्फ खर्च कम हुनुमा आयोजनाहरूको पुर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलतासहित भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति कारण रहेको मन्त्रालयले जनाएको छ ।