सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग

देशभरका सीएसआईटी विद्यार्थीहरूले भोगिरहेका समस्याहरूको समाधानको माग गर्दै डीनलाई ज्ञापनपत्र बुझाइएको छ। स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्स (एसएसीएस) ले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन शंकरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापन पत्रमा बिएस्सी सीएसआईटी कार्यक्रम सञ्चालित कलेज तथा क्याम्पसहरूमा कार्यविधि अनुसार पूर्णकालिक शिक्षकलाई मात्र कार्यक्रम संयोजकको रूपमा नियुक्त गरिनुपर्ने प्रावधान उल्लङ्घन भएको जनाइएको […]

सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला

सांसद प्रकाश ज्वालाले आगामी वर्षको बजेट मन्त्रीले कब्जा गरेको देखिएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखिएको उनले बताएका हुन् । ‘यो बजेट मन्त्रीमुखी आएको छ । यसमा पनि सहरी विकासको बजेट मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिएको छ । मन्त्रीका बाउ आमा र पाटीका […]

फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले  बताए । उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।

राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ

मकवानपुरको राक्सिराङबाट लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बाट लागूऔषध र हातहतियार (२ थान पेस्तोल) सहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँ पालिका–१ स्थित राजु स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काका अनुसार विशेष सूचनाका […]

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए । प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ ।तर पहिरो […]

११औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका […]

इलामबाट सुनचाँदीको जलप लगाएका गहनासहित २ भारतीय पक्राउ

 इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि […]

इजरायल र इरानबीच तनाव चर्किँयो

इजरायलले इरानमा आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको तनाव तेस्रो रात पनि कायम रहेको छ । दुवै देशले एकअर्काविरुद्ध गोलाबारी गरिरहेका बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इरानले शनिवार राति मध्य इजरायलमा थप क्षेप्यास्त्रहरू प्रहार गरेको छ । इजरायली रक्षा बल ९आईडीएफ० ले पनि राति नै इरानको राजधानी तेहरानमा हवाई आक्रमण गरेको बताएको […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो । चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ लिटरको १४२ रूपैयाँ ५० पैसा पर्नेछ […]

पोखरामा यामाहा ब्लुफेस्ट सुरु,अफर नै अफर

पोखरामा यामाहा ब्लुफेस्ट सुरु भएको छ । यामाहाका मोटरसाइकल एक्स्चेन्ज, फाइनान्स एण्ड एक्स्पेरिएसन्स जस्ता सुबिधा फेस्टमा उपलब्ध छन् । ग्राहकलाई मध्यनजर गर्दै पोखरास्थित सिर्जनाचोक एनसेल सेन्टर अगाडि ब्लुफेस्ट आयोजना गरिएको जनाइएको छ । असार १ गते आइतबार सुरु भएको ब्लुफेस्ट असार ६ गतेसम्म चल्नेछ । ब्लुफेस्टमा यामाहाका कुनैपनि पूरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्दा न्युनतम […]