उधारो अचार खाएर पैसा नतिर्नेहरूको नाम सार्वजनिक गर्छु : शान्ता चौधरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले उधारो अचार खाएर पैसा नतिरेको गुनासो गरेकी छन् । सामाजिक सञ्जालमा उनले आफ्नो मेहनतेको पारिश्रमिक नपाएको दुखेसो गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘अचार यति धेरै उधारो जाला र उधारो लगेकाले पैसा तिर्नुको साटो सम्बन्धै बिगार्लान् भने मैले सोचेकै थिएन । क–कसले फोन उठाउन छोड्नु भयो नाम र फोन नम्बर मैले सार्वजनिक गर्न नपरोस् ।’

कमलरी हुँदै राजनीतिमा प्रवेश गरेकी उनले नेताले पनि काम गरेर खानुपर्ने उत्कृष्ट उदाहरण दिँदै अचारको व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

अचार खाएर पैसा तिर्नुको सट्टा सम्बन्ध बिगार्ने तहमा मानिसहरू पुग्दा उनलाई अचम्म लागेको छ । त्यस्तै उनले उधारो खाएर पैसा नतिर्ने र फोनसमेत नउठाउनेहरूको नाम र नम्बर सार्वजनिक गर्ने चेतावनीसमेत दिएकी छिन् ।

केही समय अगाडी चौधरीको सुर्खेतको वीरेन्द्रनगर सुपरमार्केटस्थित अचार पसलमा नियोजित ढंगले आगो लगाइएको थियो