न्याय र समानताका लागि कहिल्यै सम्झौता नगर्ने गोपाल गिरि: जनताको नयाँ भरोसा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,अथक संघर्ष, निरन्तर त्याग र नथाक्ने राजनीतिक यात्राका प्रतीक हुन गोपाल गिरी । कम्युनिस्ट आन्दोलनको भुइँ तहदेखि उठ्दै आज संसदीय उम्मेदवारसम्मको यात्रामा उनी कहिल्यै विचलित भएनन्, न झुके, न थाके ।

पुष्पकमल सुवेदीलगायतका युवाहरूले गठन गरेको माले क्रान्तिकारी कम्युनिस्ट दलको ‘रेड गार्ड’ मा आबद्ध हुँदै गोपाल गिरीको राजनीतिक यात्रा सुरु भएको हो । त्यसै क्रममा तत्कालीन नेकपा (माले) रिभान गाउँ कमिटीको सचिव बनेर उनले संगठन निर्माण र जनसम्पर्कमा महत्वपूर्ण भूमिका खेले । माले, एमाले हुँदै एकीकृत समाजवादीसम्म आइपुग्दा उनले सधैं भुइँ तहमा रहेर पार्टी र समाजका अनेकौं जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे। पञ्चायतकालमा सोमनाथ प्यासीदेखि बहुदलीय व्यवस्थामा सीता गिरी ओलीसम्मका सफल जनप्रतिनिधिको चुनाव प्रचारमा उनले जिम्मेवार र प्रभावकारी भूमिका निभाए ।
पञ्चायतकालको दमनका बीच जनपक्षीय उम्मेदवारको पक्षमा उभिँदा उनले जेल, हिरासत र यातनासमेत साहसपूर्वक भोगे। तर त्यो दमनले उनलाई कमजोर बनाएन, झन् दृढ बनायो । शिक्षा क्षेत्रमा पनि उनको योगदान उदाहरणीय छ। गौरिशंकर माध्यमिक विद्यालय, हेम्जाको तीन कार्यकाल अध्यक्ष रहँदा पुस्तकालय स्थापना, कम्प्युटर हल निर्माण र स्वर्ण महोत्सव सफलतापूर्वक सम्पन्न गर्न उनले नेतृत्वदायी भूमिका खेले ।

दाजु पूर्ण गिरी, बहिनी सीता गिरी लगायत उनको परिवारका सबै सदस्य वामपन्थी आन्दोलनको अग्रपंक्तिमा क्रियाशील छन्। गौरी गिरी र हरिलाल गिरीका पहिलो सन्तानका रूपमा तत्कालीन रिभान गाउँको निम्न मध्यम किसान परिवारमा जन्मिएका गोपाल गिरी आज पनि उस्तै सरल, उस्तै जनमुखी र उस्तै संघर्षशील छन् ।

यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार बन्दै गएको नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उनी संसदीय निर्वाचनका उम्मेदवार बनेका छन्। जीवन अन्याय, शोषण र विभेदको विरुद्ध उभिएका, न्याय, समानता र सुशासनका पक्षधर अथक योद्धा गोपाल गिरिलाई कास्की क्षेत्र नं। ‘३’ मा ‘तारा’ चिन्हमा मतदान गर्न उहाँको सचिवालयले आग्रह गरेको छ । न्याय, समानता र स्वतन्त्रताको पक्षका गोपाल गिरि जनता माझ लोकप्रिय बन्दै गएको घर दौलो कार्यक्रममा स्थानिले बताएका छन् ।