निर्वाचन प्रचारकै बेला रविले ठाउँको ठाउँ कारबाही गरेका ढाका हर्कको पार्टीमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– विवादीत भएपछि प्रतिनिधि सभाको सदस्य पदबाट नै रास्वपाले कारबाही गरेका ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

अघिल्लो पटक भएको प्रतिनिधि सभाको उप निर्वाचनका क्रममा दुर्गा प्रसाईंले दुई करोड मागेको अडिओ बाहिर ल्याएपछि रास्वपा सभापति रवि लामिछाने बारामा रहेका बेला नै ठाउँको ठाउँ कारबाही गरेका थिए।

उनै ढाका अहिले हर्कको पार्टीमा प्रवेश गरेका हुन्। यो जानकारी फेसबुकमार्फत हर्क साम्पाङले तस्बिर राखेर नै दिएका छन्।