इरानी टेलिभिजनको दाबी : ट्रम्पले बिन्ती गरेपछि युद्धविराम

इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ । अमेरिकी सैन्य बेसमाथिको कारबाही सफल भएको उल्लेख […]
फेरि बढ्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको थियो। युरोपियन […]
आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र […]
पोखरामा लगातार भारी वर्षा र चट्याङ: जोखिम बढ्दो, सतर्क रहन अनुरोध

सुदिप पौडेल पोखरा, २०८२ असार ८ गते,पोखरा लगायत गण्डकी प्रदेशमा यतिबेला भारी वर्षा र चट्याङसहितको मौसमले जनजीवन प्रभावित पारेको छ। जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको र चट्याङको जोखिम पनि उच्च रहेको जनाएको छ। लगातारको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले विशेषगरी नदी किनारामा बसोबास गर्ने […]
पोखराको बजेट ८ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाको १७ औँ नगरसभा शुभारम्भ भएको छ । नगरसभामा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ, उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जन गरी समुन्नत पर्यटकीय पोखरा […]
भरतपुर महानगरद्वारा ५ अर्ब १९ करोडको बजेट सार्वजनिक

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरे । बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको […]
अमेरिकी डलर र युरोको मूल्य स्थिर, अरू मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरोको मूल्य पनि स्थिर छ। आज युरोपिएन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर […]
झन्डै डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो । भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री […]
ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताउनुभयो । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा […]
विदेशको नागरिकता लिइरहेकाहरुलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पार्नुभयो […]