खानेपानीमा नागरिकको पहुँच र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव

राष्ट्रिय सभामा खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद जगप्रसाद शर्माले गर्ने उक्त संकल्प प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले अहिले पनि कैयौँ ठाउँमा ब्लिचिङ पाउडर नपाएरै दूषित पानी पिउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले खानेपानी सबै प्राणीहरूको […]
परामर्श तथा समन्वय उपसमितिको बैठक लम्बिँदा शिक्षा समिति बैठक बस्न ढिलाइ

प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसिरहेको छ । विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसिरहेको हो । मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ । उपसमितिको बैठकपछि समितिको बैठक बस्ने छ । १ बजेका लागि […]
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्र गर्न सुरु

लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्र सुरु भएको छ । यस खण्डअन्तर्गत उदीपुर–रिठ्ठेबगर–नौथर सडकमा केहीदिन अघिदेखि कालोपत्र सुरु भएको हो । गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्याउने अभियानअन्तर्गत कालोपत्र गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए । उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक […]
एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको छ : महानिर्देशक तिवारी

पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले एकीकृत कृषि प्रणालीको महत्व बढ्दै गएको बताउनुभएको छ । ललितपुरमा बिहीबार क्लाइमेट स्मार्ट डायरी फार्मिङ प्रोजेक्ट इन नेपाल शेयरिङ वर्कसप सम्बन्धी कार्यक्रममा बोल्दै महानिर्देशक तिवारीले पहिला पनि एकीकृत कृषि प्रणाली रहेको र पछि हट्दै गएको भन्दै केही समय यता पुनः एकीकृत कृषि प्रणालीको महत्व बढ्न थालेको बताउनुभयो । […]
कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्छ : श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा बिहीबार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले छोटो समयमा नै कोरियाले फड्को मारेको र त्यसमा नेपाली कामदारहरुको समेत योगदान रहेको बताउनुभएको हो । उहाँकाअनुसार कोरियासहित विभिन्न मुलुकमा गएर नेपालीले काम गरिरहेका छन् । ती राष्ट्रको आर्थिक […]
मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउन विज्ञको जोड

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली मजबुत बनाउन जरुरी रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै विज्ञ उप्रेतीले विपद् आउनुभन्दा २४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समुदायमा पुगेको खण्डमा ३० देखि ४० प्रतिशत हानी नोक्शानी घटाउने बताउनुभयो । […]
नारायणगढ–मुग्लिन सडक : ढुंगा पन्छाउने काम जारी, दिउँसो ३ बजेसम्म गाडी चलाउन रोक

नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । यसअघि सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सूचना निकालको थियो । तर, ढुंगा हटाउने काम नसकिएकोले समय थप गरेर दिउँसो ३ बजे पुर्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ […]
धरौटीमा छुटेका निलम्बित मेयर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी

भ्रष्टाचारको एक मुद्दामा विशेष अदालतबाट ३ लाख धरौटीमा छुटेका बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको अर्को भ्रष्टाचार मुद्दामा सुनुवाइ जारी छ । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा थापाविरुद्धको गैरकानुनी रूपमा आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ गते थापाले अवैधानिक तरिकाले ५ […]
दुई बालिका अरुण नदीमा बेपत्ता

भोजपुरका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । हतुवागढी–९ मचुवाटारका दुई बालिका अरूण नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बेपत्ता हुनेमा १३ वर्षीया खुशी राई र १२ वर्षीया कृषिका राई छन् । उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएपछि नफर्किएका आफन्तले बताएका छन् । खुशी र कृषिका कक्षा ८ […]
पाँच शतक बन्दा पनि पराजित हुने भारत पहिलो टोली

टेस्ट क्रिकेटमा पाँच शतक बन्दा पनि पराजित हुने भारत पहिलो राष्ट्र बनेको छ । लिड्स मैदानमा इंग्ल्यान्डविरुद्ध पहिलो इनिङ्समा तीन र दोस्रोमा दुई शतक बन्दा पनि भारतले हार टार्न सकेन । भारतले जितका लागि विपक्षीलाई ३७१ रनको दिएको थियो । इंग्ल्यान्डले ८२ ओभरमा पाँच विकेटको क्षतिमा ३७३ रन बनायो । इंग्ल्यान्डको जितमा ओपनर बेन डककेटले १४९ रनको योगदान दिएका […]