हुम्लाका बाढीपहिरो प्रभावितलाई सुरक्षित बासको व्यवस्था मिलाऔं, उद्धारमा जुटौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार तथा जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । साथै जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्थानीय […]

गाजा युद्धविराम र बन्धकहरूको रिहाइको तयारी गरिरहेको इजरायल

गाजा युद्ध रोक्न र सबै बन्धकहरूलाई रिहा गर्न इजरायली वार्ताकारहरूले व्यापक सम्झौताको सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले आइतबार यस्तो बताएको हो । कतारको राजधानी दोहामा रहेका वार्ताकारहरू यो काम फत्ते गर्न लागि परेको बताइएको छ । यो वार्ता अमेरिकी विशेष दूत स्टिभ विटकफले दिएको प्रस्तावको आधारमा भइरहेको छ […]

लुक्ला उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या, काठमाडौंमा आकस्मिक अवतरण

लुक्ला उडेको समिट एयरको ट्वीनअटर जहाज पुनः काठमाडौं फर्किएको छ। सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो। त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७:२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो। ‘इन्जिनमा समस्या आएपछि फेरि काठमाडौं डाइभर्ट गरिएको थियो। विमानस्थलमा सुरक्षित अवतरण भयो,’ […]

राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह

नेपालमै पहिलोपटक गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन तथा व्यवस्थापन सम्बन्धी नियमावली जारी गरेको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद बैठकले राइड सेयरिङलाई वैधानिकता दिने गरी नियमावली पारित गरिएको हो । नियमावली पारित भएपछि राइडर्सहरु उत्साहित देखिएका छन् । राइडर्स तथा सेल्फ ड्राइभ व्यवसायीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर नियमावली पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका […]

१५ जेठबाट हुने आन्दोलनबारे सरकारले भ्रम फैलाउँदैछ : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठदेखि काठमाडौंमा हुने आन्दोलन हिंसात्मक हुन्छ भन्दै सरकारले भ्रम फैलाउन खोजेको बताएका छन् । सुनसरीको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन शान्तिपूर्ण हुने बताए । ‘निर्धक्क भएर काठमाडौं आउनुहोस्, गणतन्त्र मान्दिनँ, धर्मनिरपेक्षता मान्दिनँ भन्ने अधिकार संविधानले नै दिएको छ । संविधानको धारा २७४ ले […]

भूमि बैंक खारेज गर्न संयुक्त किसान संघर्ष समितिको माग

६ कम्युनिस्ट पार्टी निकट किसान संगठनहरु आबद्ध संयुक्त किसान सघर्ष समितिले भूमि बैंक खारेज गर्न माग गरेको छ । खारेज नगरे सशक्त आन्दोलनको गर्ने चेतावनी पनि दिएको छ । आइतबार काठमाडौंको संवाद डबलीमा कार्यक्रम गरी किसान संगठनहरुले भूमि बैंकको अवधारणालाई ग्रामिण क्षेत्रका किसानहरुको जमिन खोसेर विदेशी बहुराष्ट्रिय कम्पनी र स्वदेशी दलाल पुँजीपतिहरुलाई सुम्पने षडयन्त्र भएको […]

मिस वर्ल्डमा ‘स्पोर्ट्स च्यालेन्ज’ : नेपालको प्रयास प्रशंसनीय, इस्टोनियाले जित्यो स्वर्ण

७२ औं विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ अहिले भारतको तेलगांनामा जारी छ । शनिबार प्रतियोगिताको महत्वपूर्ण विधा ‘स्पोर्ट्स च्यालेन्ज’ आयोजना भयो । यो विधामा इस्टोनियाकी एलिस रान्डमाले स्वर्ण जितिन् । यो जितसँगै उनी क्वार्टरफाइनल (उत्कृष्ट ४०) मा प्रवेश गर्ने पहिलो प्रतियोगी बनिन् । प्रतियोगीलाई टिम अमेरिका र क्यारेबियन, टिम अफ्रिका, टिम युरोप र टिम एसिया […]

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला […]

तीनकुने घटनाबारे आयोगको अनुसन्धान पूरा, केही दिनमै रिपोर्ट सार्वजनिक हुने

राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको आइतबार ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन् । उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक […]

क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा

डेन्टल प्वाइन्ट प्रालिले क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा ल्याएको छ। डेन्टल प्वाइन्टले एक कार्यक्रमका बिच इनभिजलिनको सार्वजनिक गरेको हो। कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्रान्डको क्लियर अलाइनर नेपालभरी उपलब्ध हुने बताइन्।‘दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन […]