रूसी आक्रमणले युक्रेनलाई विपत्ति तिर धकेल्छ : युरोपियन युनियन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रूसी आक्रमणले युक्रेनलाई विपत्ति तिर धकेल्छ : युरोपियन युनियन युरोपेली युनियनका शीर्ष कूटनीतिज्ञ काजा कालासले बिहीबार युक्रेनले “मानवीय प्रकोपको सामना गरिरहेको चेतावनी दिएका छन् ।

युद्धको अन्त्य गर्न अमेरिकी आयोजनामा अबुधाबीमा भएको वार्ताको बावजुद रूसले युक्रेनीहरूलाई प्रहार गर्दै उनीहरूलाई आत्मसमर्पण गराउन प्रयास गरिरहेको कलासले बताए।

निकै कठिन जाडो को समयमा युक्रेनीहरू साँच्चै पीडित रहेका बताउदै उहाँले यसक्रनेमा मानवीय प्रकोपको सँघारमा रहेको उहाँले ब्रसेल्समा युरोपेली संघको बैठकमा बताए।

उनले तापक्रम –२० डिग्री सेल्सियस भन्दा तल झरेको समयमा रूसले युक्रेनको उर्जा र पूर्वाधारविरुद्ध आफ्नो आक्रमण बढाई, बासिन्दाहरूलाई अन्धकार र चिसोमा बस्न बाध्य पारेको बताए।

यसैबिच युरोपियन युनियनले युक्रेनको पावर ग्रिडका लागि समर्थन बढाउन खोजिरहेको छ र अर्को महिना आक्रमणको चौथो वार्षिकोत्सवका लागि मस्कोमाथि नयाँ चरणको प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

स्विडेनकी विदेश मन्त्री मारिया स्टेनरगार्डले मस्कोको राजस्वलाई थप नियन्त्रण गर्न ‘ऊर्जा ढुवानी गर्ने सबै रूसी जहाजहरूमा पूर्ण सेवा समुद्री प्रतिबन्ध’ का लागि आह्वान गरेका छन् ।

उनले रूसबाट मल आयातमा प्रतिबन्ध लगाउन र युरोपेली संघबाट देशमा विलासी सामान निर्यातमा प्रतिबन्ध लगाउन पनि आग्रह गरे ।

युरोपियन युनियनले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि रूसमाथि १९ औँ चरणको प्रतिबन्ध लगाएको छ भने छुट्टै पहलमा, एस्टोनियाका विदेश मन्त्रीले रूसीहरूमाथि समन्वित सेन्जेन भिसा प्रतिबन्ध लगाउन युरोपेली सङ्घका देशहरूलाई आह्वान गरे ।