कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद् पुनःस्थापनाको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।

उनीहरू आज बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको जानकारी दिए ।

निर्वाचनको समयमा पुनस्थापनाबारे ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएकोले यो कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन् ।