तामाङ समाज पेगोइस पोर्तुगाल द्रारा आयोजित २८६२ औ सोनाम ल्होछार शुभकामना आदन प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तामाङ तथा ह्योल्मो हरु को नयाँ बर्षको रुपमा मानिने उक्त पर्व नयाँ बर्ष सङै आफ्नो भेषभुषा , सस्कृती , परम्परा तथा कला को संरक्षण र सम्बर्द्धनको रुपमा मानिदै आइरहेछ । कार्यक्रममा विभिन्न तामाङ सेलोमा नृत्यहरु प्रस्तुत गरिएको थियो एकता हाम्रो शक्ति , सहयोग हाम्रो मार्ग , सद्भाव हाम्रो” भन्ने मुलनाराका साथ आयोजित सो कार्यक्रममा तामाङ लगायत गैर तामाङ्हरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम मा तामाङ सेलो डान्सर सङिता बल , अनुजा तामाङ , अन्जु मगर , सजिना तामाङ तथा अतिथी कलाकार हरु कुमारी गुरुङ , सस्क्रीती कटुवाल को बिशेष नृत्य प्रस्तुती रहेको थियो । गैर आवासिय नेपाली संघ पोर्तुगालको अध्यक्ष सुजन लामाको प्रमुख अतित्यमा सम्पन उक्त कार्यक्रममा अध्यक्षता काजी तामाङ , स्वागत मन्तब्य रमेश लामा, खादा ओढाइ अतिथी तथा पाहुना सम्मान मा माया गोले , जुनु तामाङ , पुष्पा घले र सरिस्मा थापा रहनु भएको थियो , कार्यक्रम सन्चालनमा मन्बिर लामा र सबिना तामाङ रहनु भएको थियो ।युरोप सम्बाददाता रमेशा लामा