तरहरा झरेर अटोग्राफ दिँदै राजनीतिक लय, हर्क साम्पाङको ‘इपिसेन्टर’मा बालेन भय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहले एकै दिन ६ जिल्लामा चुनावी दौडलाई पूरा गरे, शनिबार।

पूर्वी नेपालको पहाडी जिल्ला पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटाको राजनीतिक भेट सकेर उनी सुनसरीको धरान हुँदै तरहरा, इटहरी र मोरङको बिराटनगरबाट काठमाडौंमा पाइला राख्न पुगे।

रोचक के छ भने उनले धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको इपिसेन्टर (केन्द्रविन्दु) सुनसरी–१ नम्बर निर्वाचन क्षेत्रको पनि यात्रा गरे।

सो क्रममा धरानको भानु चौकमा बालेनसँग भेट्नेको लर्को थियो भने प्रशंकको उल्लेख्य सहभागीता रहेको स्थानीय बताउँछन्। एक स्थानीयबासीले भिड देखाउँदै भनेका छन्,‘यो सबै बालेनलाई पर्खिएर बसेका मानिस हुन्।’

बालेन धरान पुगेपछि उनीसँग तस्बिर खिचाउने र रास्वपाको नारा लगाउनेको लर्को थियो।

धरानबाट मोरङतिर जाने क्रममा बालेनले तरहरामा एक जेनजी प्रशंशकका लागि अटोग्राफ दिए। उनले गाडीको छतमा नै अटोग्राफ दिएको तस्बिर सार्वजनिक भएको थियो।

सुनसरीबाट उनी मोरङको बिराटनगर विमानस्थलमा पुगे। जहाँ उल्लेख् भिड र स्वागत गर्न आतुरको जमात थियो। उनी बिराटनगर विमानस्थल हुँदै शनिबार साँझ काठमाडौं फर्किएका थिए।