अफगानिस्तानमा गत बुधबार र बिहीबार भएको ठूलो हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ ।
आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्यांकले मृतकको संख्या ६१ र घाइतेको संख्या १ सय १० जना भन्दा बढी रहेको देखाएको छ । विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रका बासीन्दाहरुले ठूलो हिमपात र चिसोको सामना गरिरहेका छन् ।
जसका कारण राजधानी काबुल र कैयौं प्रान्तहरूबीचको महत्त्वपूर्ण सञ्जालसहित अधिकांश प्रमुख राजमार्ग र सडकहरू बन्द भएको एएफपीले जनाएको हो।