
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ ।
उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको हो । अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट अघि सारिएका एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलगायतलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग अहिले सामाजिक सञ्जालमा चलेको छ ।
देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के कस्ता काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ लगायत सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धतासहित अन्य पक्षलाई समेत ल्याउन आग्रह गर्नुभयो ।