
ओखलढुंगा।ओखलढुंगामा आगामी निर्वाचनको सुरक्षा व्यवस्थाका लागि मतदानस्थल र मतदान केन्द्रहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन गर्न शुरु गरेकाे छ ।
समितिले जिल्लामा रहेका ८४ मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमध्ये सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षालाई मध्यनजर गरेर अनुगमन शुरु गरेकाे जनाएकाे हाे । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लाका तीन वटै सुरक्षा निकायको एकीकृत योजना बनिसकेको छ ।
मतदानस्थल, मतदान केन्द्रमा सुरक्षा परिचालन-सुरक्षा व्यवस्थापनलाई मध्यनजर गरेर मतदानस्थल र मतदान केन्द्रहरुमै पुगेर अनुगमन गर्न शुरु गरिएकाे ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो । उहाँले ओखलढुंगामा १२ वटा मतदानस्थल अति संवेदनशील वर्गीकरण गरिएको बताउनुभएकाे छ ।
मतदानस्थललाई भौगोलिक अवस्था र विगतको निर्वाचनमा भएको गतिविधि लगायतलाई आधार मानेर वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी मंग्रातीकाे भनाइ थियाे।