कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने नेता केसीकाे दावी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गर्नुभएकाे छ ।

कांग्रेस पार्टी कार्यलय सानेपामा शुक्रबार संचारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताउनुभयो । उहाँले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि कांग्रेस पहिलो दल हुने दावी गर्नुभयो । कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।

नेता केसीले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक-पटक उम्मेदवार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेदवार बन्नुभएको बताउनुभयो । यसअघि पनि थापा मधेसशमा जान खाेजेको भएपनि परिस्थिति नमिलेको उहाँकाे जिकिर छ । कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेदवारी दिएको उहाँको भनाइ थियाे ।