
। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई कामकाजी, उपलब्धिमूलक र जनताको भावना र अपेक्षा अनुसार संचालन गर्न सबै राजनीतिक दलहरुको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभाको १९ औं अधिवेशनको शुभकामना मन्तव्य दिँदै शुक्रबार उहाँले यस्ताे बताउनुभएको हो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा अभिवृद्धिमा सांसदहरुले आगामी दिनमा अझ व्यवस्थित भूमिका खेल्नुपर्ने जरुरी रहेको समेत बताउनुभयो । उहाँले राष्ट्रिय सभाले जनताको भावना अनुसार कानून निर्माणमा धेरै काम गर्न आवश्यक रहेको समेत बताउनुभएकाे छ ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।