फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु

फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु

फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको निर्देशन रहने फिल्मको वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मका निर्माता जनक घर्तीमगर हुन् ।

स्थानमा हुनेछ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुनमगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना रानामगर, अनुशा राई, खड्गबहादुर पुनमगर (खबपु) लगायतको अभिनय रहनेछ।

सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर शिशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट र साउन्ड डिजाइनर नवीन श्रेष्ठ रहेन फिल्मको संगीत श्रीकृष्ण बम मल्लको छ । आरआर फिल्मसको वितरक रहने फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ ।