राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्ने छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी