
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १मा विगत ४ पटकदेखि नेपाली काँग्रेसको तर्फबाट प्रकाशमान सिंह विजयी भएका थिए ।
२०६४ साथको संविधान सभा निर्वाचनमा भारी मतले विजयी भएका गणेशमान सिंहका सुपुत्रसमेत रहेका नेता सिँहले पछिल्लो२०७९ सालको निर्वाचनमा १२५ मतको अन्तरले विजयी भएका थिए ।
नेता सिंहले ७ हजार १४३ मतले विजयी हुँदा रविन्द्र मिश्रले जम्मा ७०१८ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा १० हजार ९३६ मत ल्याएर नेता सिंह विजयी हुँदा मिश्रले १०) हजार ११८ मत ल्याएका थिए ।
नेता सिंहको क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट प्रबल थापालाई टिकट दिइएको छ । प्रबल थापासँग निर्वाचन लड्न राप्रपाबाट उही रवीन्द्र मिश्र मैदानमा छन् भने अहिलेको अवस्थामा पछिल्लो बलियो राजनीतिक सक्तीको रूपमा उदाएको रास्वपा बाट पनि रन्जु दर्शना न्यौपाने उम्मेदवार बनेकी छन् । नेकपाले कृतु भण्डारीलाई टिकट दिएको छ ।
यसैबिच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका ज्वाईँ पर्ने प्रवल थापालाई पार्टी सभापति गगन थापाले टिकट दिँदा नेपाली काँग्रेस क्षेत्र नम्बर १ मा व्यापक विवाद भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले टिकटमा सिफारिस गरेका काँग्रेस नेता बाबुराम आचार्यले काँग्रेसबाट बागी उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसमा अढाई दशकदेखी सक्रिय रहेका नेता आचार्य कोसी काठमाडौँ सम्पर्क समितिका उपसभापति एवं प्रवक्ता, सुनसरी काठमाडौँ सम्पर्क समितिका सभापति, आचार्य समाजका अध्यक्ष, कौडिन्य गोत्रीय महासङ्घका अध्यक्षलगायत दर्जनौँ सङ्घसंस्थामा रहेर बिभिन्न समाजसेवा गरेका व्यक्ती हुन् । उनी राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका नेता पनि हुन् ।
अर्कातर्फ बानेश्वर थापागाउँ नै पुर्ख्यौली थलो भएका कमल थापाका भान्जासमेत नाता पर्ने प्रबल थापा पनि स्थानीय स्तरमा लोकप्रिय नै देखिन्छन् । यसअघिको २०८९ को निर्वाचनमा ४१ सय मत पुकार बमले रास्वपा बाट ल्याएका थिए भने पूर्व डिआइजी रमेश खरेलले ३१ सय मत ल्याएका थिए ।
झन्डै ७ हजार दुई सय मत मात्र अन्य उम्मेद्वारहरुले ल्याएका थिए । काँग्रेसले यसअघि माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । अहिले गठबन्धन नगरेको अवस्थामा काँग्रेसलाई यस क्षेत्रमा निर्वाचनमा विजय हुन हम्मे हम्मे भएको स्थानीय काँग्रेस जनको छ, त्यसमाथी पनि बागी उम्मेदवार आचार्य प्रबल थापालाई चुनौती भएका छन् ।
पटक पटक उम्मेदवारी फिर्ता गर्न पार्टीले प्रयास गर्दा पनि आफूले पाउने टिकट अरूलाई दिएको भन्दै अर्को उम्मेदवारले फिर्ता गर्नुपर्ने बताइरहेका छन् । केन्द्र तथा क्षेत्रबाट उनलाई फिर्ता गराउन प्रयास भईरहे पनि उनले आफूले बागीबाटै चुनाव जितेर देखाउने पत्रकार सम्मेलनमार्फत नै बताई सकेका छन् ।
काँग्रेस उम्मेदवारको घर झगडाले रवीन्द्र मिश्रले जित्ने दाबी स्थानीयको छ । स्थानीय काँग्रेस जनको पार्टीमा एकजनाले फिर्ता लिएर काँग्रेसको उम्मेदवार एउटै हुनुपर्ने सुझाव रहेको छ । स्थानीय क्षेत्रले नसकेमा केन्द्रले नै दुई उम्मेदवारलाई राखेर मिलदाउनुपर्ने तर्क स्थानीय काँग्रेस जनको छ ।