अमरेशकुमार सिंह रास्वपा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

सोमबार जनकपुरधाममा भएको रास्वपा चूनावीसभाका क्रममा रास्वपा सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह लगायत नेताहरूले सिंहलाई रास्वपा प्रवेश गराएका हुन् ।

रास्वपा प्रवेश गरेपछि नेता सिंहले देशलाई अघि बढाउन रास्वपालाई अत्याधिक मतका साथ बिजयी गराउन आह्वान गरे ।

उनले आफू कुनै पदका लागि नै देश र नागरिकको बिकासका लागि हातेमालो गर्न रास्वपामा आएको बताए ।

देशको लागि काम गर्दा आफुलाई पटक पटक बद्नाम गर्ने कोशिश भएको उनको भनाइ छ ।

उनले बालेनलाई प्रधानमन्त्री बनाएर छाड्ने भन्दै त्यसपछि मात्रै मधेशको आन्दोलन सफल हुने बताए ।