पोखरा । नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार हेरफेर गरेको छ ।
शनिबार टिकट पाएका जिल्ला इन्चार्ज कृष्ण थापाको चौतर्फी आलोचना भएपछि एमालेले उम्मेदवार फेरेर रश्मिलाई टिकट दिएको हो ।
थापाले पोखराको मेयर चुनावी क्रममा आगामी दिनमा आफू चुनाव नलड्ने घोषणा गरेका थिए । सोही विषयलाई लिएर एमालेभित्र चरम असन्तुष्टि बढेको थियो । सामाजिक सञ्जालमा आलोचना बढेपछि टिकट हेरफेर भएको एमाले स्रोतले जनाएको छ ।
आचार्यले अहिलेसम्म टिकट हातमा परिनसकेको बताएका छन् । ‘टिकट पाइसकेको छैन, कुरा सुनिरहेको छु,’ उनले भने । आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।