सल्यानमा प्रकाश ज्वाला चुनावी मैदानबाट बाहिरिए, प्रचण्डका पूर्व स्वकीय सचिव मल्लले पाए टिकट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सल्यानमा प्रकाश ज्वाला चुनावी मैदानबाट बाहिरिए, प्रचण्डका पूर्व स्वकीय सचिव मल्लले पाए टिकट सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेश मल्लले टिकट पाएका छन् । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका मल्लले टिकट पाउन सफल भएका छन् ।

सल्यान नेकपाका नेता प्रकाश ज्वालाको गृह जिल्ला हो । कुनै बेला एमाले हुँदा पनि उनी बलिया थिए, एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लागेका उनी ०७९ को चुनावमा आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले चुनाव जितेका थिए ।

अहिले माओवादी, समाजवादी लगायत दलहरू मिलेर नेकपा बनेपछि जिल्लाबाट ज्वाला, मल्ल र टेकबहादुर बस्नेतको नाम सिफारिस गरिएको थियो ।

पार्टी केन्द्रमा टिकट फुत्काउन ज्वाला र मल्लबिच निकै रस्साकस्सी नै चलेको थियो । तर अन्तिममा ज्वालाले मैदान छाड्ने निर्णय गरेसँगै मल्लले टिकट पाए ।

स्वयम् ज्वालाले उम्मेदवारहरूको बिचको सहमति र वर्तमान परिस्थितिलाई समेत ध्यानमा राखेर संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालको नेतृत्वमा पार्टीको निर्णय अनुसार मल्ललाई उम्मेदवारको रूपमा अघि सारिएको बताए ।

सो क्षेत्रमा नेकपा एमालेबाट गुलाबजंग शाह उम्मेदवार छन् ।