
काठमाडौँ -नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको बताएका छन्।
उम्मेदवार छनोटको अन्तिम चरणमा रहेको बताउँदै सबैलाई आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न आग्रह गरेका छन्।
‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा एक भिडियोमार्फत भनेका छन्, ‘भोलि सबैजना आ-आफ्नो