पोखरामा आयोजित ‘गण्डकी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन कप–२०८२’ भव्यताका साथ सम्पन्न भएको छ। युनिक ब्याडमिन्टन क्लब, कास्कीको आयोजनामा पोखरा–८ स्थित बराल समाज घरमा सञ्चालन भएको उक्त प्रतियोगिताको समापनसँगै विभिन्न विधाका विजेताहरू घोषित भएका छन्।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले गर्नुभएको थियो। क्लबका अध्यक्ष जुक्तमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य विशेष अतिथिको रूपमा रहनुभएको थियो भने कार्यक्रम सञ्चालन फूर्वा क्षिरिङ गुरुङले गर्नुभएको थियो।
कास्कीसहित विभिन्न जिल्लाका ६० टिम सहभागी रहेको यस प्रतियोगितामा ‘सी’ लेभल र ५० वर्षमाथिको भेट्रान विधामा प्रतिस्पर्धा भएको थियो।
१. ‘सी’ लेभल विधा:
यस विधामा खेम गुरुङ र सन्तोष मगरको जोडीले प्रथम स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै:
• द्वितीय: सूर्य पौडेल र अमित थापा (नगद २० हजार)
• तृतीय: बसन्त पौडेल र निश्चल गुरुङ (नगद १० हजार)
• तृतीय (संयुक्त): दिल बहादुर पुन र विशाल के.सी. (नगद १० हजार)
२. ५०+ (सिनियर) विधा:
५० वर्षमाथिका खेलाडीहरू सहभागी यस विधामा भिम बहादुर पुन र पूर्ण बहादुर रानाको जोडी प्रथम हुन सफल भयो। अन्य नतिजाहरू यस प्रकार छन्:
• द्वितीय: दिपक मुल्मी र विष्णु प्रसाद गौतम
• तृतीय: जुकमान गुरुङ र राम कुमार श्रेष्ठ
• तृतीय (संयुक्त): राजेन्द्र वाग्ले र राजेश गुरुङ
माघ २ र ३ गते सञ्चालन भएको यस प्रतियोगिताले स्थानीय तथा प्रदेशस्तरमा ब्याडमिन्टन खेलको प्रवद्र्धन र नयाँ खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। टिम दर्ता शुल्क २ हजार तोकिएको उक्त प्रतियोगितामा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।