रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।  आज जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन्।

रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र  रहेको उनले बताइन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् ।