जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाललाई शीर्ष उपाधि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाललाई शीर्ष उपाधिजर्जियाको तिब्लिसीमा सम्पन्न आठौँ संस्करणको ‘वर्ल्ड राइजिङ स्टार’ मा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन् । ‘डीसएस स्टार सिजन १६’ को डान्सिङ विधाको विजेता समृद्धिले ७ देखि १० वर्षको उमेर समूहको प्रतियोगितामा विश्वभरका ४० बढी देशका प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष ताज पहिरिएकी हुन् ।

समृद्धि काठमाडौँको तारकेश्वरस्थित युनाइटेड स्कलर्स एकेडेमीमा कक्षा ४ मा पढ्छिन् । प्रतियोगितामा समृद्धिसँगै गएका ‘डीएसए स्टार सिजन १५’ का विजेता प्रनिक थापाले ‘ग्राण्ड प्रिक्स ट्यालेन्ट’ उपाधि जिते । प्रनिक नागार्जुनस्थित काठमाडौँ भ्याली स्कुलमा कक्षा ३ पढ्छन् ।

प्रतियोगिता ८ देखि १३ जनवरीसम्म भएको थियो । नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रनिक र समृद्धिलाई जर्जिया पठाएको थियो । उनीहरूसँगै संस्थाका निर्देशक राज बराइली पनि जर्जिया गएका थिए । प्रतियोगितामा राज बराइलीले सर्वोकृष्ट अन्तर्राष्ट्रिय डाइरेक्टरको अवार्ड पाएका थिए ।

नेपाली प्रतियोगीले नेपाली कला, संस्कृतिको प्रस्तुतिसँगै नेपालको मौलिक खानाको प्रदर्शनीमा राखेका थिए । परिवर्तन इभेन्ट हाउसले यसअघि दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’ मा प्रतिनिधित्व गरिसकेको छ ।